“श्रीधर”लघुकथा सङ्ग्रह र “अतीत दर्पण” खण्डकाव्यको विमर्श कार्यक्रम सम्पन्न

खगिन्द्रा खुसी · माघ १८, २०८२ ६:०८ PM
Cover Image for News

झापा, माघ १७ । २०८२-१०-१६ गते कृति विमर्श तथा रचना वाचन कार्यक्रम सम्पन्न भएको छ । सुन्दरहरैँचा कला साहित्य विकास समिति तथा नझरेका फूलहरूको संयुक्त आयोजनामा सम्पन्न सो कार्यक्रममा डा. दीपक न्यौपानेको सभाधक्ष्यता तथा प्रा.डा. भिम खतिवडाको प्रमुख आतिथ्यमा रहेको थियो । 

फोटो
कार्यक्रममा कथाकार श्री प्रसाद पोख्रेलको “श्रीधर”लघुकथा सङ्ग्रहमाथि प्रा.डा.भिम खतिवडाले समीक्षा गर्नुभएको थियो भने कवि सोम भट्टराईज्यूको “अतीत दर्पण” खण्डकाव्यमाथि डा. दीपक न्यौपानेले समीक्षा गर्नुभएको थियो । कार्यक्रममा नवीन क्षेत्री, उमा सिजापती, भूमिका खनाल, शकुन्तला मञ्जरी , विदुर सर लगायतका कविहरूको सशक्त रचना वाचन गरेका थिए । 

ट्यागहरू:
सहित्य literature sahitya
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।