सङ्गीतसँग काव्य बैठकी मासिक शृङ्खला - १ मा कवि विवश पाेखरेल

दिलिप घिमिरे · असोज २६, २०८३ १२:०८ PM
Cover Image for News

झापा २६ असोज /बिराटनगरमा सङ्गीतसँग काव्य बैठकी मासिक शृङ्खला - १ मा प्राज्ञ कवि विवश पाेखरेलका एकल कविता वाचन कार्यक्रम आइतबार सम्पन्न गरिएको छ।  

स्वर सङ्गम सङ्गीतालय विराटनगरका कुशेश्वर राईको अध्यक्षतामा कार्यक्रम सम्पन्न गरिएको हो।
कार्यक्रमको प्रारम्भ दुर्गा सप्तशतीमा आधारित दसैँ मालाश्री धुन संयुक्त गायनबाट महिमा शर्माले
 स्वागत गरेकी थिइन् । 

कार्यक्रममा शक्तिशाली कवि पोखरेलले एकल कविता वाचनमा पहाड,प्रतिकूल समयकाे बिम्ब
 ,निस्तब्ध किनारामा,ऊसँगकाे भेटमा,शब्दस्मृतिमा आमा,बुद्धिकान्तकाे घडी,एउटी नगरवधुकाे डायरी
 ,स्वास्नी,गुलाफ सञ्चै छ ?,बग्दै-बग्दै जाने छाेरासँग ,इच्छा,निषिद्ध बस्तीमा ,बुद्धकाे मृत्यु,सेताे घर,अहिले गाउँमा केही छैन ,छाेरी,शालिनी लगायतका कविता वाचन गरेका थिए।

पोखरेल अग्रजलाई सम्मान अनुजलाई माया गर्ने दुबैलाई उस्तै सद्भाव राख्ने सधै अति नम्र र मिजासिलो स्वाभाव भएका ३० को दशकबाट मुक्तक, कथा कविता लेखन सुरु गरेर ८० को दशक सम्म अर्थात पचासौँ वर्षसम्म लगातार साहित्य कर्ममा सक्रिय रहदै साहित्यलाई नै जीवन अर्पण गरिदिने एक मुर्धन्य साधकको नाम हो `विवश पोख्रेल´

फोटो
कार्यक्रममा कविताबारे टिप्पणी चर्चित कवि मनु मन्जिलले गरेका थिए । कार्यक्रम सहजकर्ताको भूमिका साहित्यकार शुभलक्ष्मी लम्सालले गरेकी थिइन्  ।

ट्यागहरू:
साहित्य कला र संस्कृति
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।