पुण्यप्रसाद न्यौपाने स्मृति प्रतिष्ठानको ९औँ वार्षिक साधारण सभा सम्पन्न

खगिन्द्रा खुसी · असोज २६, २०८३ १:१२ PM
Cover Image for News

२६ असोज, झापा । पुण्यप्रसाद न्यौपाने स्मृति प्रतिष्ठानको ९औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । पुण्यप्रसाद न्यौपाने स्मृति प्रतिष्ठानको आयोजनामा २५ गते झापाको चारालीमा सम्पन्न एक कार्यक्रममा पुण्यप्रसाद न्यौपाने स्मृति ग्रन्थ समेत लोकार्पण गरिएको छ । प्रतिष्ठानका अध्यक्ष कमल प्रसाद न्यौपानेको सभाध्यक्षता तथा प्रा.डा.गङ्गाप्रसाद अधिकारीको प्रमुख आतिथ्य रहेको कार्यक्रममा लोकार्पित कृतिको समीक्षा डा.गोपीकृष्ण खतिवडाद्वारा गरिएको थियो भने कवयित्री उषा गुरुङले पुण्यप्रसाद न्यौपाने व्यक्तित्वको बारे प्रकाश पार्नुभएको थियो ।

फोटो
 प्रमुख अतिथिको मन्तव्य तथा सभाध्यक्षले सभा विसर्जन गरेसँगै खुल्ला सत्र सम्पन्न भएको कार्यक्रममा मौजुदा कार्य समितिको विघटन तथा बन्द सत्रमा सम्पन्न निर्वाचनबाट समितिबाट ११ सदस्यीय नयाँ कार्य समितिको गठन गरिएको थियो । सुदर्शन बराल, उषा गुरुङ र जीवलाल न्यौपाने सहित तीन सदस्यीय निर्वाचन समितिले अध्यक्ष- कमलप्रसाद न्यौपाने, उपाध्यक्ष- दयाराम प्याकुरेल, महासचिव-विद्यादेवी रेग्मी, सचिव- तुलसीप्रसाद घिमिरे, कोषाध्यक्ष-रमला काफ्ले तथा सदस्यमा सोमनाथ न्यौपाने, पार्वता दाहाल, खेमनाथ न्यौपाने, गीतादेवी बराल, विनोद पौडेल, यमकान्त पौडेल सहित ११ सदस्यीय कार्य समितिकव गठन गरेको हो । 

ट्यागहरू:
literature samachar
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।