नारी स्रष्टा समाजद्वारा नारी दिवसका अवसरमा नारी स्रष्टाहरू सम्मानित
झापा, फागुन १६ गते । नारी स्रष्टा समाजले नारी स्रष्टाहरूलाई सम्मान गरेको छ । ममता मृदुलको सभाध्यक्षता तथा प्रा.डा सावित्री कक्षपतिको प्रमुख आतिथ्य रहेको कार्यक्रममा मन्जुश्री प्रधान विशेष अतिथि रहनुभएको थियो । नारी दिवसको अवसर पारेर सम्पन्न एक कार्यक्रममा स्थिति लम्साल बाल स्रष्टा सम्मान तथा पुरस्कार आरती चौधरीलाई, नारी स्रष्टा सम्मान २०८२ क्रमशः गोरखापत्र संस्थानका पत्रकार आशा गुप्तालाई, राइजिङ नेपालकी महिमा देवकोटा, कलाकार भिनमाया प्रजापति, मीना पूर्णिमा, साहित्यकार तारा सुवेदी, शान्ता तिम्सिना, एन्जल निलु, निशा केशी, सविता दुलाल घिमिरे, कमला पन्थी अधिकारी र बाल स्रष्टा आस्था मिश्रलाई प्रदान गरिएको थियो ।
कार्यक्रममा स्रष्टा सम्मानका साथै ममता मृदुलसँग लघुकथामा बहस अध्याय-६ सुरु गरिएको थियो । ममता मृदुलसँग लघुकथामा बहस-अध्याय ६ मा रञ्जना पराजुली लम्सालका लघुकथामा दस जना लघुकथाकारले लघुकथा वाचन गर्नुभएको थियो । कार्यक्रममा निशा केशी र सुचिता काफ्लेद्वारा शुभकामना मन्तव्य तथा रञ्जना पराजुली लम्सालले धन्यवाद व्यक्त गर्नुभएको थियो ।
विशिष्ट अतिथि विधान आचार्यले वाचन गरिएका लघुकथाका बारेमा, प्रमुख अतिथि तुलसीहरि कोइरालाले लघुकथामा गरिएको बहस कार्यक्रमले लघुकथाको क्षेत्रमा महत्त्वपूर्ण काम गरेको बताउनु भयो । ध्यानाभिनय परिवारले रञ्जना पराजुली लम्सालको महँगो चन्दा शीर्षकको नाटक प्रदर्शन गरेको थियो ।