मरणोपरान्त ‘नइ प्रज्ञा पुरस्कार’ दुई प्राज्ञलाई प्रदान गरिने

दिलिप घिमिरे · फागुन २३, २०८२ ९:०४ AM
Cover Image for News

झापा २२ फागुन /नइ एकेडेमीले नेपाली भाषासाहित्यको पठनपाठन, अनुसन्धान तथा सिर्जनात्मक संवर्धनमा योगदान पुर्‍याएको भन्दै दुई प्राज्ञलाई मरणोपरान्त ‘नइ प्रज्ञा पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको छ । 

एकेडेमीले ‘नेपाल–भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’को उचाइ अभिवृद्धिमा समर्पित रहेर कार्य गरेको मूल्यांकन गर्दै प्रा.डा. ताराकान्त पाण्डे र प्रा. खेमराज जोशीलाई उक्त पुरस्कारबाट विभूषित गर्ने निर्णय गरेको जनाएको छ ।
 पुरस्कारको राशि जनही ५० हजार रुपियाँ रहेको छ । 
नइ एकेडेमीका कुलपति श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको सदस्यसचिव नरेन्द्रराज प्रसाईले जानकारी दिएका छन्। 
आगामी चैत २७, २८ र २९ गते आयोजना हुने ‘नेपाल–भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’का अवसरमा प्रा.डा. पाण्डे र प्रा.जोशीका पत्नी वा उत्तराधिकारीलाई पुरस्कार समर्पण गरिने जनाइएको छ ।

ट्यागहरू:
साहित्य कला र संस्कृति
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।