“मनदेखि मनसम्म"को अर्को श्रृङ्खलामा “देश खोज्दै जाँदा”भावका कविता

खगिन्द्रा खुसी · फागुन १७, २०८२ १०:१८ PM
Cover Image for News

झापा, फागुन १७ । अमेरिकाको ह्यारिसवर्गमा एक साहित्यिक कार्यक्रम सम्पन्न भएको छ । नेपाली समुदायका कवि/श्रष्टाहरूले विश्व भूटानी साहित्यिक संगठन (GBLO)सँग सहकार्य गर्दै संचालनमा आएको एउटा साहित्यिक/काब्यिक प्रस्कतुतिकरण मनदेखि मनसम्मको अर्को श्रृङ्खला अमेरिकामा सम्पन्न भएको हो । सो कार्यक्रममा १९ जना श्रष्टाहरूले आफ्ना कविता वाचन गरेका थिए । “देश खोज्दै जाँदा” भन्ने भावमा प्रस्तुत भएका कविताहरुमा मातृभूमिप्रतिको माया, विस्थापनको पीडा, पहिचानको खोजी र राष्ट्रिय आत्मसम्मानका स्वरहरू पोखिएका थिए । 

Photo
शनिबार बेलुका ७ बजेदेखि ९ बजेसम्म चलेको कार्यक्रममा कविहरु सरगम थपलिया, इन्दिरा प्याकुरेल, पर्शु अधिकारी, बि पी सुबेदी, लक्ष्मी दुलाल, डि बी सारू, आभाष रिखाम, निशा पान्डे, गोबिन्द अधिकारी, देविका बराल, त्रिविक्रम न्यौपाने, टिका ढुंगाना, बसुधा रिजाल, भगीरथ फूयाल, गोबिन्द हुमगाँई, मदन दुलाल, शेखर कोईराला पातलो अन्तरे भरत तिम्सीना लगायतले कविता वाचन गरेका थिए । कार्यक्रममा मन्तव्यका क्रममा GBLOका अध्यक्ष पातलो अन्तरेले "कविता पढ्ने र सुन्ने मात्र नभएर कविता प्रदर्शन र मनन गरिन्छ।” भन्ने धारणा राख्दै यस्ता कार्यक्रमले कवितालाई केवल शब्दमा सीमित नराखी भावना र अनुभूतिसँग जोड्ने काम गर्छन् भन्नुभयो । विश्व भूटानी साहित्यिक संगठन (GBLO) ले विभिन्न संस्थाहरुसँग मिलेर नियमित रुपमा सम्पन्न गर्दै आएको “मनदेखि मनसम्म” कार्यक्रम अन्तर्गतको नयाँ श्रृङ्खलाका रुपमा सम्पन्न भएको छ यो कार्यक्रम । यस कार्यक्रमले प्रेम, सम्बन्ध, मानवीय संवेदना र सामाजिक विषयवस्तुलाई केन्द्रमा राखेर विभिन्न स्थानमा आयोजना हुँदै आएको यस कार्यक्रमले प्रवासमा नेपाली भाषा, साहित्य र सांगीतिक संस्कृतिलाई जोड्ने महत्वपूर्ण भूमिका खेल्दै आएको छ। नेपाली समुदायका कवि/श्रष्टाहरूले विश्व भूटानी साहित्यिक संगठन (GBLO)सँग सहकार्य गर्दै संचालनमा आएको एउटा साहित्यिक/काब्यिक अभियानको यो श्रृङ्खला सफलतापूर्वक सम्पन्न भएको आयोजक परिवारले जानकारी गराएको छ । 

तस्वीर - समाज टाइमस्

ट्यागहरू:
literature samachar svikarokti nepalisahitya
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।