कवि कमलप्रसाद दाहालको कृति `जीवन तरङ्ग´ कविता सङ्ग्रह सार्वजनिक
लेखक:खगिन्द्रा खुसी·प्रकाशन मिति: फागुन १५, २०८२ ८:१२ PM
झापा, फागुन १५ । कवि कमलप्रसाद दाहालको कृति `जीवन तरङ्ग´ कविता सङ्ग्रह सार्वजनिक भएको छ । नव साहित्य सेवा समाज मेचीनगर- १, बाहुनडाँगीको आयोजनामा मेची जनसाधारण मा. वि .बाहुनडाँगी-२ को सभाहलमा सम्पन्न एक कार्यक्रममा दाहालको सो छन्द कविता सङ्ग्रह सार्वजनिक गरिएको हो । फोटोनव साहित्य सेवा समाज मेचीनगर- १, बाहुनडाँगीका अध्यक्ष हरिप्रसाद नेउपानेको सभाध्यक्षता तथा प्राज्ञ विवश पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विराट साहित्य संगम विराटनगरका मधु पोखरेल, आतिथ्य, स्रष्टा केशवराज खनाल, प्रा.डा. गंगाप्रसाद अधिकारी र मे न पा वडा नं १ का वडाध्यक्ष रामकुमार राईको विशेष आतिथ्य रहेको थियो । प्रमुख अतिथि, विशिष्ट अतिथि , विशेष अतिथिहरुले एकमुष्ठ रुपमा लोकार्पण गर्नुभएको कार्यक्रममा लोकार्पित कृतिको समीक्षा प्रा. डा. गंगाप्रसाद अधिकारीले गर्नु भएको थियो भने कवि तथा कथाकार विनोद खनालले कृतिकारको परिचय गराउनु भको थियो । फोटोप्रमुख अतिथि प्राज्ञ विवश पोखरेल, विशिष्ट अतिथि मधु पोखरेल र विशेष अतिथि केशवराज खनालले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको कार्यक्रममा कृतिकार कमलप्रसाद दाहालले लेखकीय मन्तव्य राख्नुभएको थियो । स्रष्टाहरुले कविता वाचन समेत गर्नुभएको कार्यक्रममा कविहरु हरिप्रसाद रिमाल, मातृकाप्रसाद सङ्ग्रौला, देवीचरण भण्डारी' सरोज', दुर्गाप्रसाद सिग्देल, तुलसीप्रसाद भट्टराई, लक्ष्मीअच्युत ढुङ्गाना,तुलाराम ढुङ्गाना( विद्यालय व्यवस्थापन समितिका अध्यक्ष), टङ्कप्रसाद दुलाल( अध्यक्ष पिटिए), चन्द्रशेखर गुरागाईँ( प्र अ , मे ज सा मा वि), सर्जक मुक्तिनाथ ओझा, सनत अधिकारी, हरिनारायण नेउपाने( वडा सदस्य), प्रेमकुमार क्षेत्री,दीपक ढुङ्गेल( प्र अ ज मा वि), लगायतका स्रष्टाहरुको उपस्थिति रहेको समाचार स्रष्टा विनोद खनालबाट प्राप्त भएको छ ।
ट्यागहरू:
सहित्य
literature
samachar
टिप्पणीहरू
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस
गर्नुहोस्।