भाषााविद् तारापति उपाध्यायलाई मरणोपरान्त ‘दरङ गौरव’ सम्मान प्रदान

खगिन्द्रा खुसी · असार २८, २०८१ ४:३९ PM
Cover Image for News


 भारत-असमप्रान्तको दरङ जिल्लाअन्तर्गत मङ्गलदै सहरको ‘सनातन धर्म सभा प्रेक्षागृह’मा गत ९ जुलाई, २०२४ को दिन ‘पञ्चम वार्षिक दरङ दिवस उद्यापन-२०२४’ को आमसभा सम्पन्न भएको छ । सो आमसभामा ‘विशिष्ट मुक्तियोद्धा (स्वाधीनता सङ्ग्रामी) स्वर्गीय टङ्केश्वर शर्मा स्मृति ‘दरङ गौरव’ सम्मान (पहिलोपल्ट) स्वर्गीय गुरुजी तारापति उपाध्यायलाई (मरणोपरान्त) प्रदान गरियो ।  मरणोपरान्त गुरुजीलाई दिइएको उक्त सम्मान तारापति उपाध्यायकी धर्मपत्नी किरणबाला देवी तथा जेठी बुहारी दुलुमणि देवी उपाध्यायलाई सभाका विशिष्ट व्यक्तिबाट प्रदान गरिएको थियो ।

तारापति उपाध्याय

 सभामा दरङ-ओदालगुडी लोकसभाका सांसद दिलीप शइकिया लगायत जिल्लाभरिका गण्यमान्य व्यक्तिहरूको उपस्थिति रहेको थियो। आफ्नो जीवनभर शिक्षा, साहित्य र समाजहितमा काम गरेका उपाध्यायको येगदानको कदर गर्दै सो सम्मान प्रदान गरिएको थियो । सभामा तारापति उपाध्यायको सङ्क्षिप्त जीवनी समेत समावेश गरिएको ‘दरङ प्रभा’ नामक स्मृतिग्रन्थ पनि विमोचन गरियो । तारापति उपाध्याय, नेपाली भाषालाई भारतीय संविधानको आठौँ अनुसूचीमा मान्यता दिलाउने आन्दोलनका एकजना कर्मठ नेतृत्व हुन् । उनले ‘अखिल भारतीय नेपाली भाषा समिति’, ‘असम राज्य शाखा’को अध्यक्ष पद १९८५ देखि १९९२ सम्म सम्हालेका थिए र उनी उक्त समितिको अध्यक्ष भइरहँदा भारतीय संविधानमा नेपाली भाषाले २० अगस्त, १९९२ को दिन मान्यता पाएको थियो । राष्ट्रीय र राज्यिकस्तरमा उनले जातीय हितमा अनेकौँ ऐतिहासिक कार्यहरू गरेका हुन् ।

सम्मान पत्र

 ‘ओदालगुडी उच्चतर माध्यमिक विद्यालय’को ‘अध्यक्ष’ पदबाट अवकाश ग्रहण गरेका तारापति उपाध्यायले सन् २०१० मा ‘साहित्य अकादमी (अनुवाद) पुरस्कार’ प्राप्त गरेका थिए र जीवनको अन्तिम अवस्थासम्म लेखनमा आत्मनियोग गर्ने गुरुजीका जम्मा २६ थान पुस्तकहरू प्रकाशित छन्। उनी ९३ वर्षको परमायु भोग गर्ने योगी तुल्य व्यक्तित्वका धनी थिए । उनी समग्र भारतवर्षमा ‘गुरुजी’ उपनामले चिनिएका र नेपाली, असमिया, बोडो आदि सबै जाति र धर्मावलम्बीहरूबाट आदर प्राप्त गरेका सम्मानित पुरुष भएको कुरा असमका स्रष्टा लक्ष्मण अधिकारीले जानकारी दिएका छन् ।

ट्यागहरू:
सहित्य literature news samachar svikarokti nepalisahitya
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
सिलगढी साहित्य समाजको उद्घाटन
सिलगढी साहित्य समाजको उद्घाटन
खगिन्द्रा खुसी - मङ्गलबार १७ सेप्टेम्बर २०२४
उपप्राध्यापक तथा समालोचक पुण्य खरेलको निधन
उपप्राध्यापक तथा समालोचक पुण्य खरेलको निधन
खगिन्द्रा खुसी - मङ्गलबार १७ सेप्टेम्बर २०२४
चेतना प्रकाशनद्वारा स्रष्टाहरू सम्मानित
चेतना प्रकाशनद्वारा स्रष्टाहरू सम्मानित
खगिन्द्रा खुसी - सोमबार १६ सेप्टेम्बर २०२४
एडमन्टनमा स्वीकारोक्ति डीस्कोर्स सम्पन्न
एडमन्टनमा स्वीकारोक्ति डीस्कोर्स सम्पन्न
खगिन्द्रा खुसी - सोमबार १६ सेप्टेम्बर २०२४