गजलकार सुमन शर्माको गजल सङ्ग्रह -"साई सुमनका गजलहरू"को लोकार्पण

खगिन्द्रा खुसी · फागुन १६, २०८२ ८:२५ PM
Cover Image for News

झापा, फागुन १६ । राजधानीमा गजलकार सुमन शर्माको गजल सङ्ग्रह -"साई सुमनका गजलहरू"को लोकार्पण भएको छ । गजल प्रवर्ध्दन केन्द्रका अध्यक्ष अरुणकुमार श्रेष्ठको सभापतित्व तथा गजलकार तथा साहित्यकार घनश्याम परिश्रमीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा सो सङ्ग्रहको लोकार्पण भएको हो । 

चारुका आविष्कारक देवी पन्थी, साहित्यकार कलानिधि दाहाल संस्कृति चिन्तक शीतल गिरी, अध्यात्म चिन्तक हरिभक्त सिग्देल, गायिका पूजन मिश्र, कवि तथा गीतकार भुवन शिवाकोटी चौघरे, केशव पराली,सन्तोष श्रेष्ठ, जुमन किरण, राजन न्यौपाने लगायतको विशिष्ट आतिथ्यमा सम्पन्न कार्यक्रममा लोकार्पित कृतिको समीक्षा समीक्षक स्वर्णशिखाद्वारा गरिएको थियो भने  कार्यक्रमकी नायिका तथा कृतिकार सुमन शर्माले धन्यवाद सहित मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको सन्चालन शर्मिला तिमल्सिनाले गर्नुभएको थियो भने कार्यक्रम प्रज्ञाप्रतिष्ठानको लेखनाथ सभकक्षमा सम्पन्न भएको थियो । 

ट्यागहरू:
literature samachar nepalisahitya
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।