एडमन्टनमा स्वीकारोक्ति डीस्कोर्स सम्पन्न

भोकमरी न्यूनीकरणको मूल लक्ष्य राखेर क्यानडाको एडमन्टनमा एक विशेष कार्यक्रम सम्पन्न भएको छ । एड्मन्टन इभेन्ट सपोर्ट टिमको आयोजनामा सम्पन्न सो कार्यक्रम स्थानीय नेपाली समुदायका ११ जना बृद्ध बुबाआमाको प्रमुख आतिथ्यमा सम्पन्न गरिएको थियो भने स्वीकारोक्ति डिस्कोर्श नाम दिइएको सो कार्यक्रममा एकताको लहरले विश्व जित्न सकिन्छ भन्ने सन्देशलाई उपस्थित सबैको मनसम्म पुर्याउन सफल भएको कुरा स्रष्टा पातलो अन्तरेले जानकारी दिएका छन् ।
कार्यक्रममा फाउन्डेशनका प्रमुख डेन्जोम साम्पाङद्वारा स्वीकारोक्ति सम्बन्धी विशेष डिस्कोर्श गर्दै यसको उद्देश्य र संरचनालाई प्रकाश पारिएको थियो । दयालु मन हुँदाहुँदै दया गर्न विर्सिएछौँ भन्ने स्वीकारयोग्य आदतलाई कर्म दिलाउनु मानव परिवर्तनको मूल विषय हुन जान्छ । प्रकृति र मानव एकअर्काका परिपूरक हुन्छन् । प्रकृति रहुन्जेल मानव बाँचिरहन्छ, मानव बाँचुन्जेल प्रकृति रहिरहन्छ । प्रकृतिसँग हातेमालो नगर्नुको परिणाम भयङ्कर हुनसक्छ त्यसैले समयमा नै प्राकृतिक महोत्सव मनाउन जरूरी छ भन्ने कुरा आजको समयले किटान गरेको छ । यसको मूल लक्ष्य भनेको भोकालाई भोजन हो । “आशा बाडौं - करूणा फैलाऊँ”(“Sharing Hope - Spreading Kindness”), (“Go Green- Save The Earth”) (“To Breath Free - Plant A Tree”), आजको विश्वले आ-आफ्नो अस्तित्व स्वीकार गर्नु पर्दछ अनि मात्र हरेक सम्बोधनहरू न्यायिक हुनेछन् भन्ने “स्वीकारोक्ति दर्शन” का मूल विषयहरू पनि सामाजिक तह, पद, प्रतिष्ठा माथि रहेर एक विशेष अंशमा प्रदान गरिने जस्ता स्वीकारोक्तिका आदर्श मनोकामना राखेर स्वीकारोक्ति फ़ाउंडेशनको “स्वीकारोक्ति विश्व यात्रा” अगाडि बढीरहेको र निरन्तर रूपमा बढिरहने कुरा साम्पाङद्वारा व्यक्त गरिएको थियो ।
द भोइस अफ नेपाल सिजन थ्रीका बिजेता गायक किरण गजमेरले गीत गाएर माहोल तताएका थिए भने कार्यक्रममा भद्रवाज सर्गमद्वारा संस्कृति र पहिचानबारे सम्बोधन गरिएको थियो । रमेश देशारद्वारा नयाँ मुनामदन नाटक प्रस्तुत गरिएको थियो भने सुवास प्याकुरेल हङ्कङ पोखरा तथा कमल कार्कीले सिरानमा फोटो छ बोल गीत गाएर मन्त्रमुग्ध बनाएका थिए । 'भोकमरी निवारणका प्रायासहरु' मुख्य उद्देश्य रहेको सो कार्यक्रममा भोकमरी निवारणका लागि उपस्थित सबैले यथासक्य सहयोग समेत गरेका थिए ।
कार्यक्रम सेप्टेम्बर १४ र १५ मा क्यानडामा सम्पन्न भएको थियो ।




