असममा 'एक थुन्से कथा' र 'भाले धनेस'को विमोचन
झापा २४भाद्र/असमको शोणितपुर जिल्लाअन्तर्गत तेजपुरस्थित 'अधिकारी निवास'मा आयोजित एक विशेष साहित्यिक कार्यक्रममा इन्द्रेनी प्रकाशन, असमको प्रकाशनमा प्रकाशित दुई महत्त्वपूर्ण कथा कृतिको बुधबार विमोचन गरिएको छ।
विमोचन कार्यक्रममा वरिष्ठ कथाकार डिल्लीराम खनाल, खड्गबहादुर कौशिक, मोहन सुवेदी, इन्दिरा गौतम तथा वरिष्ठ चिकित्सक डा. डिल्लीराम अधिकारी लगायतका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। साहित्यप्रेमी तथा कथाकारहरूको उल्लेखनीय सहभागिताले कार्यक्रमलाई थप गरिमामय बनाएको थियो।
इन्द्रेनी प्रकाशन, असमकी बोर्ड सदस्य तथा सेवानिवृत्त अध्यापिका नवप्रभा अधिकारीको जन्मोत्सवको छेक पारेर आयोजना गरिएको उक्त कार्यक्रममा असमका विभिन्न प्रान्तबाट कथाकार तथा साहित्यकारको उपस्थिति रहेको थियो।
