मुक्तककार लता खरेलकाे 'शिशिरकाे जून' र स्रष्टा सफलता फुयलकाे 'आभा' कृतिको लाेकार्पण

दिलिप घिमिरे · भदौ १३, २०८३ १०:३५ PM
Cover Image for News

झापा १३ भाद्र/मुक्तककार लता खरेलकाे 'शिशिरकाे जून' मुक्तक सङ्ग्रह र बालस्रष्टा  सफलता फुयलकाे कविता सङ्ग्रह 'आभा' एकैसाथ लाेकार्पण गरिएको छ ।

शनिबार भद्रपुर पुस्तकालयकाे आयोजनामा बिरेन्द्र माध्यमिक विद्यालयकाे सभाहलमा भद्रपुर पुस्तकालयका अध्यक्ष प्रा. चिन्तामणि दाहालको अध्यक्षता र प्राज्ञ विवश पाेखरेलको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न गरिएको हो।

कार्यक्रममा विशिष्ट अतिथि भद्रपुर नगरपालिका उप प्रमुख राधा कार्की,प्रा.काेषराज न्याैपाने,वरिष्ठ पत्रकार चन्द्र भण्डारी, साहित्यकार बाबुराम पाेखरेल कृतिकार लता खरेलका माता, पिता र सासू,ससुरा लगायत मञ्चासिन अतिथिहरुबाट कृतिको लोकार्पण गरिएको हो।

समीक्षक प्रा.चूडामणि वशिष्ठले शिशिरकाे जून मुक्तक सङ्ग्रह र नमुना निराैला दाहालले आभा कविता सङ्ग्रहको कृति समीक्षा गरेकी थिइन् ।
कार्यक्रममा शिशिरकाे जून कृतिबाट मुक्तककार कृष्ण सुवेदी 'निराकार',लक्ष्मी रायमाझी,लुगु अधिकारी,उमेश लुइँटेलले मुक्तक वाचन गरेका थिए भने आभा कृतिबाट साङसेन पान्धाकले कविता वाचन गरेका थिए ।कृतिकारद्वय सम्बन्धले आमा छोरी हुन्।

फोटो
सो अवसरमा गजलकार तथा कवि केशव आचार्य, लीला लेखनका अभियन्ता डा. रत्नमणि नेपाल र साहित्यकार विवश पोखरेललाई सम्मानपत्र, दोसल्ला र फुलमालासहित सम्मान गरिएको थियो ।

कार्यक्रम सञ्चालन लीला अनमाेल र तुलसीराम खरेलले गरेका थिए भने स्वागत मन्तव्य बालकवि सफलता फुयालले गरेकी थिइन् ।

ट्यागहरू:
साहित्य #मुक्तक#कविता
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।