कवि रोशन यात्री र साहित्यकार दिनेश थापा 'बेगारी' को कृति विमोचन तथा परिचर्चा सम्पन्न

दिलिप घिमिरे · भदौ १३, २०८३ १:३० PM
Cover Image for News

झापा १३भाद्र/कवि रोशन यात्री र साहित्यकार दिनेश थापा 'बेगारी' को कृति विमोचन तथा परिचर्चा शुक्रबार गरिएको छ।

तेह्रथुमको छथर गाउँपालिका केन्द्र शुक्रबारे बजारमा दुई साहित्यिक कृति विमोचन तथा परिचर्चा गरिएको हो। साहित्यकार दिनेश बेगारीको कथा संग्रह ‘आँटिला मुटुहरू’ र रोशन यात्रीको कविता संग्रह ‘काव्य यात्रा’ विमोचन तथा परिचर्चा स्थानीय सरकार प्रमुख सन्तविर लिम्बू(सन्तोष तिगेला)प्रमुख आतिथ्यतामा गरिएको हो ।

फोटो
कथाकार बेगारी छथर साहित्यिक समाजका अध्यक्ष हुन् भने यात्री समाजका सचिव हुन्। कथा बेगारीको यस अघि लेखमाला निबन्ध सङ्ग्रह -२०६४ प्रकाशित छ भने कवि यात्रीको यो पहिलो कविता सङ्ग्रह हो। 

कविता सङ्ग्रहबारे नाट्यकर्मी तथा साहित्यकार भरत गुरागाईं 'बर्बरिक'ले र  कथा सङ्ग्रहबारे साहित्यकार दीपक कट्टेल 'आयाम ' ले कृति परिचर्चा गरेका थिए।

छथर साहित्यिक समाजको आयोजनामा कार्यक्रम सम्पन्न गरिएको हो। समाजकी उपाध्यक्ष निरु खनाल खतिवडाको अध्यक्षता भएको कार्यक्रममा पालिका उपाध्यक्ष तारा खरेल ढकाल,तेह्रथुमको छथर वडा नम्बर -५ का वडाध्यक्ष-थानाहाङ्‌ तिगेला,साहित्यकार भरत गुरागाईं 'बर्बरिक´, दीपक कट्टेल ' ´आयाम',छथर क्याम्पस अध्यक्ष सन्तोस भट्टराई,सिदुवा सामुदायिक पुस्तकालय अध्यक्ष पदम भट्टराई,ऊर्लाबारी साहित्य समाजका अध्यक्ष जितेन्द्र न्यौपाने,जेफाले साहित्य समाजका अध्यक्ष युवराज ठकुरी,पाख्रीवास साहित्य कला समाज सचिव ध्रुव एलेक्स,फेदाप साहित्य कला प्रतिष्ठान अध्यक्ष नवीन बस्नेत ´नासित´,गजलकार दिलिप घिमिरे ,डिल्लीराम परदेशी,राधा सुवेदी लगायतको उपस्थित रहेको थियो ।

सातौं छथर गाउँपालिका अध्यक्ष कप-२०८३मा साँस्कृतिक तथा साङ्गितिक कार्यक्रम अन्तरगत साहित्यिक कन्सर्ट समेत सम्पन्न गरिएको थियो ।जस्मा भरत बर्बरिक,दिलिप घिमिरे,डिल्लीराम परदेशी,राधा सुवेदी ,केशव रिमाल,युवराज ठकुरी,खेमराज आचार्य,मुना आत्रेय,नवीन बस्नेत ´नाशित` दिपक कट्टेल ´आयाम`र इन्दिरा अधिकारीले आफ्नो सृजना वाचन गरेका थिए।

फोटो
छथर गाउँपालिका तेह्रथुमको आर्थिक संयोजनमा हरेक बर्ष  भदैरे पूर्णिमा मेलाको आयोजना गरिदै आइरहेको र आगामी दिनमा पन यो कार्यक्रमलाई निरन्तरता दिने पालिका अध्यक्ष तिगेलाले बताए ।

कार्यक्रम संचालन दुर्गा बुढाथोकी र स्वागत मन्तव्य रामकान्त लुइटेलले गरेका थिए । 

ट्यागहरू:
साहित्य #पर्यटन साहित्य #संस्कृति #परम्परा #
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।