धमिराको हुल
✍️नैना अधिकारी
मेरो विचारभित्र
एकाएक बज्न थाल्यो
एउटा राष्ट्रगान
र म
देशद्रोही भनिने डरले
उभिएकी छु
सतर्क मुद्रामा
ठिक यतिबेलै
मेरो शरीरलाई माटोको ढिस्को सम्झेर
मलाई खोक्रो पार्दै
मभित्र पस्यो
एउटा धमिराको हुल,
म उभिएकी छु
चिच्याउन नसक्ने स्थितिमा
सावधानको मुद्रामा
प्रतिरोधका हजारौँ स्वरहरू
कम्मर कसिरहेका हुन्छन्
घरबाट बाहिर निस्कन
ठिक त्यही बेला
घरभित्र बज्छ राष्ट्रगान
गुञ्जिए झैँ लाग्छ
कुनै डरलाग्दो आवाज
हरेक मानिसको पछाडि
गर्दनमा बन्दुकको सङ्गिन राखेर,
जो जहाँ उभिएको छ
त्यहीँ उभिओस् सतर्क मुद्रामा
राष्ट्रगान बजिरहेछ
म उभिएकी छु
तनक्क तन्किएर
अनि
नाचिरहेछ
मेरो शरीरभित्र
हर प्रकारको देशद्रोहबाट मुक्त
एउटा धमिराको हुल।
-कामरूप, खेत्री, असम
ट्यागहरू:
साहित्य
टिप्पणीहरू
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस
गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
रातसँगै पलाएको सपना
कवि -हाङओजा थेगिम पोष्ट-दिलिप घिमिरे - आइतबार २३ अगष्ट २०२६
सडकको रोदन
कवि-कृष्ण धराबासी पोष्ट-दिलिप घिमिरे - सोमबार २० अप्रिल २०२६
म हरिण हुँ
कवि-दिल भूटानी, पोष्ट-दिलिप घिमिरे - आइतबार ५ अप्रिल २०२६
चाहना
कवि कर्ण गुरुङ पोष्ट दिलिप घिमिरे - शुक्रबार ३ अप्रिल २०२६