धमिराको हुल

नैना अधिकारी पोष्ट-दिलिप घिमिरे · कार्तिक १३, २०८१ ८:१७ PM
Cover Image for News


            ✍️नैना अधिकारी 

मेरो विचारभित्र
एकाएक बज्न थाल्यो
एउटा राष्ट्रगान
र म
देशद्रोही भनिने डरले
उभिएकी छु
सतर्क मुद्रामा

ठिक यतिबेलै
मेरो शरीरलाई माटोको ढिस्को सम्झेर
मलाई खोक्रो पार्दै 
मभित्र पस्यो 
एउटा धमिराको हुल,
म उभिएकी छु
चिच्याउन नसक्ने स्थितिमा 
सावधानको मुद्रामा 

प्रतिरोधका हजारौँ स्वरहरू
कम्मर कसिरहेका हुन्छन् 
घरबाट बाहिर निस्कन 
ठिक त्यही बेला
घरभित्र बज्छ राष्ट्रगान
गुञ्जिए झैँ लाग्छ 
कुनै डरलाग्दो आवाज
हरेक मानिसको पछाडि 
गर्दनमा बन्दुकको सङ्गिन राखेर,
जो जहाँ उभिएको छ 
त्यहीँ उभिओस् सतर्क मुद्रामा

राष्ट्रगान बजिरहेछ
म उभिएकी छु
तनक्क तन्किएर
अनि
नाचिरहेछ 
मेरो शरीरभित्र
हर प्रकारको देशद्रोहबाट मुक्त
एउटा धमिराको हुल।
                     -कामरूप, खेत्री, असम

ट्यागहरू:
साहित्य
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
याे दशैंमा
याे दशैंमा
✍️ मनुहाङ किराँती"साेलु", पोष्ट-दिलिप घिमिरे - मङ्गलबार २० अक्टोबर २०२६
चित्रभित्र हराएको घर
चित्रभित्र हराएको घर
✍️ हिम्मत नेम्बाङ , पोष्ट-दिलिप घिमिरे - शुक्रबार १६ अक्टोबर २०२६
मिरिक, तिमीलाई म साह्रै माया गर्छु
मिरिक, तिमीलाई म साह्रै माया गर्छु
✍️ डा. कमला तामाङ, पोष्ट-दिलिप घिमिरे - बिहिबार ८ अक्टोबर २०२६
मनको ताजमहल
मनको ताजमहल
कर्ण गुरुङ - सोमबार ५ अक्टोबर २०२६