साहित्यिक पत्रकार सङ्घले सम्मान एवम् पुरस्कार समर्पण

दिलिप घिमिरे · चैत २०, २०८२ १०:०९ PM
Cover Image for News

झापा २० चैत्र /साहित्यिक पत्रकार सङ्घले बिहीबार ४५ औं कथा दिवसको अवसरमा सम्मान एवम् पुरस्कार समर्पण गरेको छ  ।
 कार्यक्रममा भवानी साहित्यिक पत्रकारिता सम्मानबाट शब्द संयोजन मासिकका कार्यकारी सम्पादक रमेश पोखरेल र शृङ्खला साहित्यिक मासिकको सम्पादक/प्रकाशक प्रवीण जोशी,लोकप्रिया पुरस्कारबाट साहित्यकार प्रतिसरा सायमि, व्यथित काव्य सम्मानबाट कविहरू विमला तुम्खेवा र मीनकुमार श्रेष्ठ 'नवोदित' सम्मानित र पुरस्कृत भएका छन्।

साहित्यिक पत्रकार सङ्घका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति कलाकार के के कर्माचार्यले सम्मान र पुरस्कार समर्पण गरेका थिए।

कार्यक्रममा अध्यक्ष लेकालीले कार्यक्रमको उद्देश्य र महत्त्वमा प्रकाश पार्दै कथा दिवसबारे जानकारी दिएका थिए । यसैगरी प्रमुख अतिथि के के कर्माचार्यले सम्मान र पुरस्कारका लागि असल पात्रहरूको चयन भएको बताउँदै यस्ता सम्मानबाट स्रष्टाहरूलाई अझ सक्रिय भएर अघि बढ्न प्रेरित गर्ने बताए।

फोटो
कार्यक्रममा सम्मानित र पुरस्कृत सर्जकहरू रमेश पोखरेल, प्रवीण जोशी, प्रतिसरा सायमि, विमला तुम्खेवा र मीनकुमार श्रेष्ठ 'नवोदित'ले पनि मन्तव्य राखेका थिए ।
शारदा मासिकका सम्पादक विमल भौकाजीले लघुकथा वाचन गरेर उद्घाटन गरिएको सो कार्यक्रमको सहजीकरण कवि एवम् कथाकार मणि लोहनीले गरेका थिए ।

ट्यागहरू:
साहित्य कला र संस्कृति
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।