नेपाली विभाग प्रमुख लीलाप्रसाद अधिकारीको कृति `वाङमय समीक्षा´ लोकार्पण

खगिन्द्रा खुसी · भदौ १४, २०८३ ५:३२ PM
Cover Image for News

१४ भदौ, झापा । मेची वहुमुखी क्याम्पसका नेपाली विभाग प्रमुख तथा सहप्राध्यापक आदरणीय लीलाप्रसाद अधिकारीको कृति वाङमय समीक्षा लोकार्पण गरिएको छ । चेतना प्रकाशनको आयोजनामा सम्पन्न भएको कार्यक्रम प्रकाशनका अध्यक्ष पुण्यप्रसाद खरेलको सभाध्यक्षता रहेको थियो भने मुख्य आमन्त्रित व्यक्तित्व मेची वहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख उमानाथ ओली रहनुभएको थियो । समालोचक तथा लेखक हेमनाथ अधिकारीले स्वागत मन्तव्य गर्नुभएको कार्यक्रममा कविहरु दुर्गा सिग्देल, तुलसी भट्टराई, मिना अधिकारी, आरती पोख्रेल, जयप्रसाद आचार्य लगायतले कविता गर्नुभएको थियोे । 

फोटो
कृतिकार लीला अधिकारीको कृति `वाङमय समीक्षा´को मन्चासीन व्यक्तित्वहरुको बाहुलीबाट संयुक्तरूपमा लोकार्पण गरिएको थियो भने लोकार्पित कृतिको समीक्षा डा.गोपीकृष्ण खतिवडाले गर्नुभएको थियो । 

कार्यक्रममा चारजना व्यक्तित्वलाई चेतना पुरस्कार तथा सम्मानबाट सम्मानित गरिएको थियो । सातहजार पाँच सय राशि सहितको सो पुरस्कार प्रा.डा.के आर खम्बु, सहप्राध्यापक चूडामणि वाशिष्ठ, सहप्राध्यापक मुनाकिरण कोइराला, प्रदेश साम्सद श्रीप्रसाद मैनालीलाई प्रदान गरिएको थियो । पुरस्कृत चार जना व्यक्तित्वको परिचय मेची वहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख कमल गुरागाईँले गराउनु भएको थियो । 

फोटो
कार्यक्रममा हरिचरण बानियाँ, प्राडा गंगाप्रसाद अधिकारी, सुभद्रा भट्टराई, रामचन्द्र उप्रेती, भवानी क्षेत्री, विन्दु दहालले शुभकामना मन्तव्य राख्नुभएको थियो भने पुरस्कृृतहरुको तर्फबाट प्रा.डा.के आर खम्बुले मन्तव्य राख्नुभएको थियो । कृतिकार लीलाप्रसाद अधिकारीले धन्यवाद ज्ञापन गर्नुभएको कार्यक्रममा प्रमुख आमन्त्रित व्यक्तित्व उमानाथ ओलीको मन्तव्य पछि सभाध्यक्षको मन्तव्य सँगै कार्यक्रम समापन गरिएको थियो । जयन्द्रप्रसाद प्रसाईंको सभाहलमा सम्पन्न कार्यक्रम देवीचरण भण्डारीद्वारा सन्चालन गरिएको थियो । 

 

ट्यागहरू:
literature samachar
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।