म र म

पातलो अन्तरे पोष्ट दिलिप घिमिरे · चैत ७, २०८१ ८:५४ PM
Cover Image for News

विश्व कविता दिवसको शुभकामना…. 

म र म 

मलाई उसको पनि हुनु छैन मेरो पनि हुनु छैन
 म खोजीरहेँछु
 मलाई म भनेर कसले सम्बोधन गर्दैछ 
 जब कि 
 म र मलाई खोज्ने म एकै हैनन् भने 

आजभोलि ऐनामा अनुहार हेर्छु
 कस्को कस्को जस्तो लाग्छ
 आफ्नै हात हेर्छु 
 मेरा हैनन् जस्तो लाग्छ
 फेरी सम्झिन्छु 
 यी खुट्टा नहुँदा हुन् त 
 त्यो म को अस्तित्व अटल रहिरहन्छ? 

तपाईँ 
 निराकार, निर्गुणात्मक , निरञ्जन म 
 कि 
 साकार, सगुण , आबाद म ? 
 तपाईं एक पटक
 छातीमा हात राखेर
 आँखा बन्द गरेर 
 आफैँले आफैँलाई सोध्नुस् त
 तपाईँ नै तपाईँ हो कि 
 तपाईँभित्रको तपाईँ तत्व चैँ तपाईँ? 

पातलो अन्तरे 

The theme for World Poetry Day 2025, "Poetry as a Bridge for Peace and Inclusion," 

#WorldPoetryDay #pataloantare #कविता

ट्यागहरू:
विश्व साहित्य
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
तिर्खालु रहर
तिर्खालु रहर
कवि-राजिव आचार्य - शनिबार २१ फेब्रुवरी २०२६
सुन्ने संसार, नबुझ्ने समय
सुन्ने संसार, नबुझ्ने समय
डा. चन्द्र गिरी - सोमबार १२ जनवरी २०२६
कविता -'खस्छ'
कविता -'खस्छ'
रोशन परियार - शुक्रबार ९ जनवरी २०२६
गहनता  ‎
गहनता ‎
सचिन अधिकारी - शुक्रबार १२ डिसेम्बर २०२५