म र म

पातलो अन्तरे पोष्ट दिलिप घिमिरे · चैत ७, २०८१ ८:५४ PM
Cover Image for News

विश्व कविता दिवसको शुभकामना…. 

म र म 

मलाई उसको पनि हुनु छैन मेरो पनि हुनु छैन
 म खोजीरहेँछु
 मलाई म भनेर कसले सम्बोधन गर्दैछ 
 जब कि 
 म र मलाई खोज्ने म एकै हैनन् भने 

आजभोलि ऐनामा अनुहार हेर्छु
 कस्को कस्को जस्तो लाग्छ
 आफ्नै हात हेर्छु 
 मेरा हैनन् जस्तो लाग्छ
 फेरी सम्झिन्छु 
 यी खुट्टा नहुँदा हुन् त 
 त्यो म को अस्तित्व अटल रहिरहन्छ? 

तपाईँ 
 निराकार, निर्गुणात्मक , निरञ्जन म 
 कि 
 साकार, सगुण , आबाद म ? 
 तपाईं एक पटक
 छातीमा हात राखेर
 आँखा बन्द गरेर 
 आफैँले आफैँलाई सोध्नुस् त
 तपाईँ नै तपाईँ हो कि 
 तपाईँभित्रको तपाईँ तत्व चैँ तपाईँ? 

पातलो अन्तरे 

The theme for World Poetry Day 2025, "Poetry as a Bridge for Peace and Inclusion," 

#WorldPoetryDay #pataloantare #कविता

ट्यागहरू:
विश्व साहित्य
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
सुन्ने संसार, नबुझ्ने समय
सुन्ने संसार, नबुझ्ने समय
डा. चन्द्र गिरी - सोमबार १२ जनवरी २०२६
कविता -'खस्छ'
कविता -'खस्छ'
रोशन परियार - शुक्रबार ९ जनवरी २०२६
गहनता  ‎
गहनता ‎
सचिन अधिकारी - शुक्रबार १२ डिसेम्बर २०२५
प्रिय जेन्जी र आक्रोश!
प्रिय जेन्जी र आक्रोश!
अन्जना न्यौपाने - सोमबार १० नोभेम्बर २०२५