खगिन्द्रा खुसीलाई रूपान्तरण राष्ट्रिय आख्यान पुरस्कार´

दिलिप घिमिरे · चैत ७, २०८२ ३:२५ PM
Cover Image for News

झापा ७ चैत्र /‘तेस्रो आँखा साहित्यिक समूह’ले ‘रूपान्तरण राष्ट्रिय आख्यान पुरस्कार’ युवा साहित्यकार खगिन्द्रा खुशीलाई प्रदान गर्ने निर्णय गरेको छ। खुशीको बहुचर्चित उपन्यास ‘खुशीको गाउँ’ का लागि उक्त पुरस्कार दिने निर्णय भएको हो । 
सोसाइटीका अनुसार विभिन्न राष्ट्रिय पत्रिकामा आएका समालोचनाहरू,पुस्तकले उठाएका सामाजिक र सांस्कृतिक मुद्दा,आख्यानको बनोट र भाषागत विशिष्टता आदि आधारमा विज्ञको मूल्याङ्कनपछि ‘खुशीको गाउँ’ लाई उत्कृष्ट कृतिका रूपमा छनोट गरिएको हो।
कृतिले वर्तमान नेपाली समाजको प्रेम,जीवन र आर्थिक सामाजिक यथार्थलाई जीवन्त ढङ्गले प्रस्तुत गरेको बताइन्छ ।समालोचकबाट राम्रो समालोचनासहित प्रशंसा पाएको उपन्यास ‘खुशीको गाउँ’ पुरस्कारका लागि योग्य ठहर गरिएको सोसाइटीले जनाएको छ।

खगिन्द्रा खुसी शक्तिशाली झापाली नारी स्रष्टा हुन्।खगिन्द्राको यो खुशीको गाउँ (२०८२)उपन्यास दोस्रो कृति हो।पहिलो कृति ´आमाको डायरी´ कथा सङ्ग्रह (२०७३)रहेको छ। 

यो सम्मान तथा पुरस्कार आउँदो २०८३ बैशाखमा राजधानीमा एक समारोह गरी प्रदान गरिने जनाइएको छ। २० हजार नगदसहित  सम्मानपत्रद्वारा खगिन्द्रालाई सम्मानित गरिने भएको सोसाइटीका अध्यक्ष आरपी पौडेलले जनाएका छन् ।

ट्यागहरू:
आख्यान साहित्य #
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।