बाटो र बुद्धत्व

दीपा राई पुन · जेठ ३०, २०८१ १२:०३ PM
Cover Image for News


 बाटो अनि बाटैबाटो
 गज्याङगुजुङ किरिङमिरिङ 

पाइतलाहरू हिँडिरहन्छन्
 आहतमा पिल्सिएर
 रापिएको मनलाई
 मुस्कानले छोपेर 
 संवेगका मौन जुलुस बोकेर 
 मनहरू कै ताँतीछन्
 रहस्यमय यी बाटाहरूमा
 
 कसैलाई हिँडदा हिँड्दै गन्तव्य 
 बाटैमा बाटो हराइदिन्छ
 कसैलाई एकातिर जानुछ
 अर्कै तिर पुर्याइदिन्छ
 रहरको बाटो 
 विश्वासको शिखर छुने
 कसलाई हुदैन र ?
 कर्कलाको पातमा झरेको शीत भइजान्छ ।
 
 फराकिलो सपनाको बाटोमा
 कहाँ दोबाटो र चौबाटो आउँछ?
 एक मुटु दुई चिरा
 छुटिँदा मात्र थाह हुन्छ 
 बाटो जस्तै रहस्यमय मन 
 यसैले त प्रत्येक बिहान 
 उदाउँने घामले सिकाइरहन्छ
 अँधेरोमा नै पीडालाई छाडेर
 सबैलाई उज्यालो बाँडनु  ।
 
 हुन त बाटो, बाटैबाटो
 हिँडदा हिँडदै हराएर पनि 
 सिरूघारी या बगरमा पुगोस्
 आफैले पैल्याएर 
 आफ्नै डोबहरू
 भोलि हराउँनेलाई 
 छाड्न सकिन्छ 
 सम्भावनाका अनेक बाटा त 
 मूल बाटो छुटिए पछि नै आउँछन्
 
 बाट, बाटैबाटो 
 गोरेटो, कच्ची बाटो, सडक 
 प्रत्येक जीवनलाई हिँडिरहनु छ
 जीवनको रहस्य नबुझेर 

बुझ्नलाई मनको थाकमा 
 कुन मनमा आत्मा होला ?
 चिन्नु छ त्यति बेला
 जसको सम्झनाले मात्र
 मन भित्रको बुद्धत्व जागोस् 
 भ्रमहरूबाट टुटेर
 संसारको रितलाई स्वीकार गरोस् ।

ट्यागहरू:
सहित्य कविता literature sahitya
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
सुन्ने संसार, नबुझ्ने समय
सुन्ने संसार, नबुझ्ने समय
डा. चन्द्र गिरी - सोमबार १२ जनवरी २०२६
कविता -'खस्छ'
कविता -'खस्छ'
रोशन परियार - शुक्रबार ९ जनवरी २०२६
गहनता  ‎
गहनता ‎
सचिन अधिकारी - शुक्रबार १२ डिसेम्बर २०२५
प्रिय जेन्जी र आक्रोश!
प्रिय जेन्जी र आक्रोश!
अन्जना न्यौपाने - सोमबार १० नोभेम्बर २०२५