‘व्यथित साहित्य सम्मान’ वरिष्ठ साहित्यकार डा. तुलसीप्रसाद भट्टराईलाई प्रदान

दिलिप घिमिरे · कार्तिक ३०, २०८२ ५:५८ PM
Cover Image for News

झापा /वरिष्ठ साहित्यकार डाक्टर तुलसीप्रसाद भट्टराईलाई यस वर्षको ‘व्यथित साहित्य सम्मान’ प्रदान गरिएको छ ।

वरिष्ठ साहित्यकार रोचक घिमिेरेको प्रमुख अतिथ्यमा साहित्य सदन नेपालको ३५ अैाँ वार्षिक साधारण सभाको अवसरमा वरिष्ठ साहित्यकार डा.तुलसीप्रसाद भट्टराईलाई 'व्यथित साहित्य सम्मान २०८२, अर्पण गरिएको हो।
 कार्यक्रममा कवि त्रिलोचन आचार्यद्वारा रचित'अविश्रान्त' महाकाव्यको लोकार्पण समेत गरिएको थियो ।

फोटो
संस्कृतमा आचार्य, राजनीतिशास्त्रमा स्नातकोत्तर र भाषाविज्ञानमा विद्यावारिधि गरेका डा.भट्टराई भाषा–साहित्य एवम् सामाजिक–राजनीतिक क्षेत्रमा सक्रिय व्यक्तित्व हुन्। 
साझा प्रकाशनका पूर्व महाप्रबन्धक, गोरखापत्र संस्थानका पूर्व अध्यक्ष र नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व सदस्य सचिवसमेत रहेका भट्टराईका नेपाली भाषाको अध्ययन–अनुसन्धान, अनुवाद, सम्पादन र पत्रकारिताका साथै कथा, उपन्यास, नियात्रा, जीवनी, निबन्ध, कविता–काव्य र समालोचनासँग गरी तीन दर्जनभन्दा बढी कृति प्रकाशित छन् ।

 भट्टराईले २०२५ सालदेखि अनवरत भाषा–साहित्यका सेवामा समर्पित भई महत्त्वपूर्ण योगदान गरेबापत साहित्य सदन नेपालले उनलाई नगद राशि तिस हजार रुपैयाँ सहित ‘व्यथित साहित्य सम्मान’ बाट सम्मानित  गरिएको  साहित्य सदन नेपालका अध्यक्ष प्रा.डा. हेमनाथ पौडेलले बताए ।

कृति विमोचन
कवि त्रिलोचन आचार्यद्वारा लिखित 'अविश्रान्त' महाकाव्यका बारेमा समीक्षात्मक टिप्पणी गर्दै डाक्टर देवी नेपालले ´कृति अत्यन्त परिष्कृत ,सुन्दर र नवीन महाकाव्य प्रकाशन भएको बताए ।

ट्यागहरू:
साहित्य# छन्द #कविता
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।