विद्यापति स्मृति पर्व समारोह सम्पन्न

दिलिप घिमिरे · कार्तिक २५, २०८२ ९:०३ AM
Cover Image for News

२४ कार्तिक,विराटनगर /मैथिली भाषाका आदिकवि विद्यापतिको स्मृतिमा विराटनगरमा अन्तर्राष्ट्रिय विद्यापति स्मृति पर्व समारोह भव्य रूपमा सम्पन्न भएको छ । शनिबार अप्पन विराटगढ परोपकार समाजको आयोजनामा मेहेन्द्र मोरङ कलेजको परिसरमा उक्त कार्यक्रम सम्पन्न गरिएको हो ।
सो अवसरमा विविध सांस्कृतिक कार्यक्रम र समाजका प्रतिष्ठित व्यक्तित्वहरूलाई सम्मानसमेत गरिएको थियो ।

फोटो
सोही अवसरमा मकालु टेलिभिजनका समाचार प्रस्तोता सन्तोष मेहता र नेपाल पत्रकार महासंघ मोरङका सदस्य डुमरलाल मेहतालाई सम्मान गरिएको थियो।यस्तै सिनेमा तथा म्यूजिक भिडियोको क्षेत्रमा स्थापित नायिका काजल कर्ण र निर्देशक कार्तिक राजवंशीलाई समेत सम्मान गरिएको थियो ।उनीहरूलाई शिक्षाविद् भगवान झा र आयोजक संस्थाका अध्यक्ष बसुन्धरा झा
लगायतले मिथिलाको पाग, दोपटा र कदरपत्रसहित सम्मान गरे ।
कार्यक्रममा मिथिला चित्रकला प्रदर्शनी गर्नुका साथै मैथिली भाषाको पुस्तक र मैथिली परिकारसमेत प्रदर्शन गरिएको आयोजक संस्थाका राजेश झाले जानकारी दिए ।
फोटो
कार्यक्रममा गायक वीरन्द्र झा, गायिका संगीताकर्ण र जया मलिक लगायतले आदिकवि विद्यापतिकै रचनामा आधारित गीतहरू प्रस्तुत गरेका थिए भने शिवनारायण पण्डित‘सिङ्गल’ले कविता पाठ गरे।त्यस्तै,मनोज राजवंशी र समीक्षा कार्की लगायतका कलाकारहरूले मैथिली सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए ।
आयोजक संस्थाका राजेश झाले कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्दै मैथिली भाषा र संस्कृतिको संरक्षणमा निरन्तर योगदान दिने प्रतिबद्धता जनाउनुभयो ।

ट्यागहरू:
विश्व कला साहित्य
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।