वसन्त बस्नेतलाई `विमल गुरुङ कृति पुरस्कार’ प्रदान
धरानस्थित कवि विमल गुरुङ स्मृति पुस्तकालयले २०८१ को ‘विमल गुरुङ कृति पुरस्कार’ इलाम निवासी वसन्त बस्नेतको उपन्यास ‘सिमसारा’लाई प्रदान गरेको छ।
पुस्तकालयका अध्यक्ष पूर्णबहादुर गुरुङकाअनुसार विमल गुरुङ कृति पुरस्कारका लागि आह्वान गरेअनुसार स्वदेश तथा विदेशमा रहेका नेपाली भाषी लेखक, साहित्यकार, सर्जकहरूबाट १०४ कृति प्राप्त भएका थिए । प्राप्त भएका ती कृतिहरूमध्येबाट यसअघि श्रेष्ठ १० कृति छनौट गरिएको थियो । ती मध्येबाट सिमसारा उपन्यास विमल गुरुङ कृति पुरस्कारका निम्ति चयन गरिएको अध्यक्ष गुरुङले बताए ।

साथै राष्ट्रिय कविता महोत्सवमा रिजन मायालु इलाम २२हजार नगदसहित प्रथम, विनेश राई मिन्जाई १८हजार नगदसहित,दोस्रो ,दीपा मग्राती १७ हजार नगदसहित तेस्रो भएका थिए ।

मुन्धुमविद / लेखक एवम् लालीगुराँस नगरपालिका, तेह्रथुमका नगरप्रमुख अर्जुनबाबु माबुहाङको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा पुस्तकालयका कोषाध्यक्ष शान्ती गुरुङ्ले स्वागत मन्तव्य राखेकी थिइन् भने कवि विमल स्मृति पुस्तकालयका अध्यक्ष पुर्णबहादुर गुरुङको अध्यक्षता कार्यक्रम भएको थिए ।