२५ वर्षमुनिका ७५ नयाँ लेखकका रचना नेपालयले प्रकाशन गर्दै
झापा १७ पुस/पब्लिकेसन नेपालयले २५ वर्षमुनिका ७५ जना नयाँ लेखकका रचना प्रकाशन गर्ने भएको छ ।
२५ कथाकार, २५ कवि र २५ निबन्धकारका रचना विधागत रूपमा तीन पुस्तकमा समेटेर प्रकाशन गर्न लागिएको हो ।
तीन विधाका रचना छनोट गर्न कवि श्रवण मुकारुङ, आख्यानकार नारायण वाग्ले र लेखक भूषिता वशिष्ठ सदस्य रहेको तीन सदस्यीय छनोट समिति गठन गरिएको थियो । समितिले ७५ रचना छनोट गरेको हो ।
नेपालयका सम्पादक विमल आचार्यका अनुसार कथा, कविता र निबन्ध गरी तीन विधामा रचना माग गरिएको थियो । “सन् २००० जनवरी १ पछि जन्मिएका ६ सयभन्दा बढी लेखक संसारभरिबाट सहभागी हुनुभयो,” उनले भने ।
नेपालयले सन् २०२५ को पहिलो दिन जनवरी १ मा ‘२०२५ मा २५ का २५’ शीर्षकमा लेख–रचनाका लागि खुला आह्वान गरेको थियो । सो आह्वानमा अपेक्षाभन्दा धेरै रचना प्राप्त भएको नेपालयले जनाएको छ ।
कथा विधामा
अजय कार्की, अनिता धिताल,अमित भट्टराई, आर्य अधिकारी, ईशान ढकाल,उमेश कार्की, कृतिशा अमात्य, तेजकुमार राई, दानबहादुर बुढा,दीपक गौतम, दीपिका खतिवडा, नवीन धमला, निश्चल भण्डारी, नीरव, नुमा थाम्सुहाङ, परीक्षा शर्मा, प्रनिका श्रेष्ठ, प्रशान्त वाग्ले ‘प्राकृतिक’, मधुसुदन घिमिरे, रोदिनलाल श्रेष्ठ, शिवराज शाही, समर्पण न्यौपाने, समिन गैरे, सुमन पौडेल र सोमनाथ लुइटेल छानिएका छन् ।
छनोट समिति सदस्य नारायण वाग्लेले नयाँ पुस्ताको कथा शैली र शिल्पले आफूलाई चकित पारेको बताए ।
कविता विधामा
अनिता तिवारी, अनुपा गैरे, आर्या निरौला, उत्सव आचार्य, उषा लिम्बू, कम्मान रावल, गायत्री नेपाल, गौरव न्यौपाने, जोनसन श्रेष्ठ, डोल्मा लामा, तीर्थराज विश्वकर्मा, दुर्गा खतिवडा, नवीन नेपाली, नारन न्यौपाने, प्रज्वल वि.क., प्रदीप योङ्हाङ, प्रिशा शशी लेखक, युक्ता सुनुवार, रसिला धमला, श्रव्य आरिया, समृद्ध हमाल, सुजता बस्याल, सुदर्शनप्रकाश खड्का, सुरङ्गा सेढाई र स्पन्दन झा छानिएका छन् ।
कवि श्रवण मुकारुङका अनुसार यी कविहरूले नयाँ समय–चेतनालाई नयाँ दृष्टिकोणबाट अभिव्यक्त गरेका छन् ।
निबन्ध विधामा
अनुकृत लामिछाने, अनुष्का लामिछाने, अविरल जाग्री, कञ्चनकुमार बस्नेत, कबिन्द्र जोशी, कृषा दाहाल, जयनी पण्डित, जिज्ञासा सोनम, धिरजप्रताप मल्ल ठकुरी, परिमलप्रकाश नेपाल, भूमिका थारु, मनस्वी बान्तवा, ममता घिमिरे, महिता श्रेष्ठ, मोहन सङ्ग्राम, विक्रम नेपाल, विनोद लामिछाने, विवेक भट्टराई, शून्य नयन, सलिना बास्तोला, संयोग बस्याल, संस्कृति रिजाल, सन्जिला खनाल, सागर घले र सापेक्ष छानिएका छन् ।
निर्णायक सदस्य भूषिता वशिष्ठले नयाँ पुस्ताको विषयवस्तु, शैली र साहित्यिक चेतना उत्साहजनक रहेको बताइन् ।
नेपालयले भाषा अभिव्यक्तिमा बन्देज नलगाउने नीति लिएको जनाएको छ । त्यसअनुसार जुनसुकै भाषामा लेखिएका रचना लेखकले लेखेकै भाषामा पुस्तकमा समेटिनेछन् ।
नेपालयका टिम लिडर किरणकृष्ण श्रेष्ठले नयाँ पुस्ताको सोच, चाहना र सिर्जनालाई बुझ्न यो पहल गरिएको बताए । छानिएका रचना समेटेर पब्लिकेसन नेपालयले विधागत रूपमा तीन पुस्तक प्रकाशन गर्ने जनाएको छ