`वाहिजो´अनलाइन कविता वाचन प्रतियोगिता-२०८२ सम्पन्न

दिलिप घिमिरे · पौष ६, २०८२ ११:४९ AM
Cover Image for News

पौष ६/कवि हर्क खेवा साम्बेक्साको कविता संग्रह वाहिजोको व्यानरमा सञ्चालित वाहिजो अनलाइन कविता वाचन प्रतियोगिता-२०८२सम्पन्न भएको छ। 
वाहिजो खुल्ला अनलाइन कविता वाचन प्रतियोगिता २०८२ आयोजक समिति शिवसताक्षी नगरपालिका झापाद्वारा आयोजित कार्यक्रममा वाहिजो अनलाइन कविता वाचन प्रतियोगिताको नतिजा सार्वजनिक तथा पुरस्कार वितरण दमकको लट्टे क्याफेमा शनिबार सम्पन्न गरिएको हो 

सामाजिक सञ्जालमार्फत प्रसारण गरिएको उक्त प्रतियोगितामा देशभरका २८ जना कविहरूले सहभागिता जनाएका थिए। 
साहित्यिक चेतना, सामाजिक प्रश्न र समसामयिक विषयलाई केन्द्रमा राखेर वाचन गरिएका कविताहरूले दर्शक तथा श्रोताको मन छोएको देखिन्थ्यो। 

फोटो
कविता प्रतियोगिताका लागि प्राज्ञ,कवि समालोचक मुनाराज सेर्मा,कवि विमला तुम्खेवा,कवि मोक्तान थेवा तीन सदस्यीय निर्णायक समितिको रहेका थिए ।
प्रतियोगितामा निर्णायक मण्डलको मूल्याङ्कनका आधारमा विभिन्न शीर्षकमा आएका कविताहरुलाई मुल्याङ्कन गरि पुरस्कार प्रदान गरिएको थियो । 

प्रतियोगिताबाट लेकाली कान्छा ,मुक्कुम ताप्लेजुङ, प्रथम, प्रिति रानामगर पाँचथर दोस्रो, सरोज विश्वकर्मा तेह्रथुम तेस्रो तथा राज लिम्बु, विनिता लिम्बु र दिलिप राई ,सगर,सान्त्वना पुरस्कार विजेता घोषित भएको निर्णायक समितिका संयोजक प्राज्ञ मनाराज शेर्माले  बताए । 

यस प्रतियोगिताले स्थापित सर्जकहरूसँगै उदाउँदा प्रतिभालाई पनि एउटै मञ्चमा उभ्याएको आयोजकको भनाइ छ। 

सिर्जनाको संसारमा पुरस्कारभन्दा पनि निरन्तर लेखन,आत्ममन्थन र समयसँगको संवाद नै सबैभन्दा ठूलो उपलब्धि भएको प्रमुख अथिति प्राज्ञ सुमित्रा वाङदेल 'चेली'ले बताइन् ।

फोटो

ट्यागहरू:
साहित्य कला र संस्कृति
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।