उषा शेरचन “ईश्वरमान स्मृति सिर्जनशील पुरस्कार”द्वारा पुरस्कृत
झापा २१पुस/नेवारी भाषाका साहित्यकार तथा पत्रकार ईश्वरमान रञ्जितज्यूको स्मृतिमा उहाँका सुपुत्र निरज रञ्जितकारद्वारा स्थापित एघार हजार एक सय एघार रुपैयाँ राशीको ‘ईश्वरमान स्मृति सिर्जनशील पुरस्कार’ द्वारा साहित्यकार उषा शेरचन पुरस्कृत भएकी छिन् ।
आर्थिक सञ्जाल मिडिया प्रा.लि. द्वारा सञ्चालित ‘आर्थिक सञ्जाल डटकम’ अनलाइन पत्रिकाको सातौँ वार्षिकोत्सवका अवसरमा आइतबार नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईको प्रमुख आतिथ्यतामा आयोजित समारोहमा कुलपति राइले सो पुरस्कार उनलाई हस्तान्तरण गरे ।
उनले नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले प्रकाशित गरेको अनुवाद ग्रन्थसूचि (२०५९)का सहसम्पादक थिए।उनले नवकुञ्ज,वसुधा,प्रगति,आभा,लालित्य, बैशाख लगायतका पत्रिकाको समेत सम्पादन गरेका थिए ।
कविता,उपन्यास, गीत र मुक्तक विधामा तीन दशकदेखि कलम चलाउँदै आएकी कवि शेरचनका ‘नजन्मेका आस्थाहरु’ तथा ‘सर्वकालीन पीडा र जागृतिको शङ्खघोष’(कविता सङ्ग्रह), ‘अक्षरहरूका शिविरबाट’(मुक्तक सङ्ग्रह)‘तेस्रो रङ्ग’(कथा सङ्ग्रह)‘आधि’(उपन्यास) का साथै गीति क्यासेटहरू‘अभिप्सा’,‘सञ्चयन’ र ‘मेरो माटो :मेरो गीत’ प्रकाशित कृतिहरु छन् ।