दैवज्ञराज न्यौपानेको १४औं स्मृति दिवसमा स्रष्टाहरू पुरस्कृत
मङ्सिर २९/कवि दैवज्ञराज न्यौपानेको चौधौ स्मृति दिवसका अवसरमा आज बानेश्वर क्याम्पस तीनकुनेमा स्मृतिसभा सम्पन्न भयो ।
न्यौपाने स्मृति प्रतिष्ठानका अध्यक्ष प्रा.डा.केदार न्यौपानेको अध्यक्षता र नेपाली शिक्षा परिषद्का अध्यक्ष प्रा.रमा शर्मा प्रमुख आमन्त्रित रहनुभएको सभालाई लालानाथ सुवेदीले स्वागत गर्नुभएको थियोे ।
कार्यक्रमको सञ्चालन सचिव प्रह्लाद पोख्रेलले गर्नुभएको थियो ।
राष्ट्रगानपछि बाल साहित्यस्रष्टा प्रभा आचार्य भट्टराईले कवि दैवज्ञराज न्यौपानेको "स्युर लालीगुराँस " कविता वाचन गर्नुभयो ।
कार्यक्रममा ‘दैवज्ञ विशिष्ट स्रष्टा सम्मान’, नेपाली कविताका क्षेत्रमा विशिष्ट योगदान पुर्याएबापत कवि रमेश खकुरेललाई ५५ हजार ५सय५५ रुपैयाँ नगद राशि सहित सम्मान गरिएको छ।
त्यस्तै ‘दैवज्ञ साहित्य पुरस्कार’ पर्वतनिवासी नेपाली, संस्कृत र हिन्दी भाषामा लेख्दै आएका स्रष्टा नारायणप्रसाद उपाध्याय अर्याललाई र ‘दैवज्ञ बालसाहित्य पुरस्कार’ बालसाहित्यका क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याउने काठमाडौंनिवासी स्रष्टा कल्पना प्रधानलाई प्रदान गरिएको छ ।
प्रतिष्ठानले ‘दैवज्ञ समाजसेवा पुरस्कार’ प्रा. पुरुषोत्तम भट्टराईको अध्यक्षतामा धरान उपमहानगरपालिका–१४, विजयपुर, पञ्चकन्या मार्ग, नारायणपुर, सुनसरीमा सञ्चालनरत् संस्था संस्कृत विद्यासंवद्र्धिनी समितिलाई जनही ३३ हजार ३सय ३३ रुपैयाँ नगद राशि सहित पुरस्कृत गरिएको प्रतिष्ठानका सचिव प्रह्लाद पोख्रेलले जानकारी दिएका छन् ।
प्रतिष्ठानका सदस्य कोषराज न्यौपानेले न्यौपाने स्मृति प्रतिष्ठान र पुरस्कृत व्यक्तिहरूको परिचय प्रदान गरिने सम्मान/ पुरस्कारको जानकारी दिनुभएको थियो ।

कार्यक्रममा प्राध्यापक डा.शिवकुमार राईले आफ्नो मन्तव्यका साथै दैवज्ञराज न्यौपाने स्मृति प्रतिष्ठानको अक्षयकोषका लागि रू ५० हजार हस्तान्तरण गर्नुभयो ।
कार्यक्रममा सुधा न्यौपाने,राजेन्द्र विरही,डा. बमबहादुर थापा जिताली, एन् के गोगने,निर्मोही व्यास लगायत स्रष्टाहरू र न्यौपाने बन्धुहरूको उल्लेख्य उपस्थिति रहेको साहित्यकार खोलाघरे साहिंलोले जानकारी दिनुभएको छ।