दोमुखामा सताक्षीधाम साहित्य सङ्गमको रचना वाचन तथा साङ्गीतिक कार्यक्रम सम्पन्न
मङ्सिर २७/दोमुखामा सताक्षीधाम साहित्य सङ्गमको आयोजनामा रचना वाचन तथा साङ्गीतिक कार्यक्रम सम्पन्न गरियो
संस्थाका अध्यक्ष उमानाथ दाहालको अध्यक्षता र शिवसताक्षी नगरपालिका वडा नं १०का वडासदस्य दीपक पोखरेलको प्रमुख आथित्यतामा सम्पन्न सो कार्यक्रमको सञ्चालन सचिव यादवप्रसाद घिमिरेले गर्नु भएको थियो भने स्वागत मन्तव्य कोषाध्यक्ष लोकमणि गौतमले गर्नुभएको थियो।
झापाको रमणीय पिकनिक स्थल दोमुखामा आयोजना गरिएको थियो ।कार्यक्रममा जिल्लाका स्थापित र नवोदित गरी ३० जनाभन्दा बढी कवि कवयित्रीजरुले आ-आफ्ना रचना वाचन गर्नु भएको थियो भने कलाकारहरु यदुनाथ दाहाल ,रोहित सुब्बा ,सरोज भट्टराई, विराज विश्वकर्मा तथा बाल कलाकार रत्नाश्री मिश्रले सुन्दर गीत प्रस्तुत गर्नुभएको थियो।
