दोमुखामा मुक्तिनाथ झैं १०८ ढुङ्गेधारा निर्माण गर्ने तयारी

दिलिप घिमिरे · वैशाख १२, २०८२ ७:०४ AM
Cover Image for News

 बैशाख १२ गते/धार्मिक तथा पर्यटकीय क्षेत्र दोमुखामा१०८ वटा मानव निर्मित जलधाराहरु निर्माण गरिने भएको छ। 

दोमुखा धार्मिक तथा पर्यटकीय विकास व्यवस्थापन संस्थाले धार्मिक पर्यटकीय अवधारणा अनुरुप दोमुखालाई विकास र प्रवर्द्धन गर्ने उद्देश्यले बिहीबार  पत्रकार  सम्मेलन गरि ८५ लाख लागतमा ढुङ्गेधारा निर्माण गरिने समितिका अध्यक्ष धनप्रसाद लावतीले जानकारी दिए। 

पूर्वी 'नेपालको झापा जिल्ला शिवसताक्षी नगरपालिका वडा नं. १० मा अवस्थित दोमुखा पूर्वकै प्रसिद्ध धार्मिक पर्यटकीय स्थल हो ।कन्काई माई नदीले यो दोमुखालाई अझ प्राकृतिक रुपमा मनोरम बनाएको छ । 

ढुङ्गा कुँदेर निर्माण गर्न लागिएको १०८ जलधारा निर्माणका लागि सरकारी सहयोगबाहेक जनसहभागिताका आधारमा निर्माण गर्ने लक्ष्य राखिएको छ ।परिवार वा वंशको नाम राख्ने गरी एउटा धारा निर्माणका लागि ५१ हजार रुपैयाँ लिइने,व्यक्तिगत नाम राखेर धारा निर्माण गर्ने भए ३५ हजार रुपैयाँ तिर्नु पर्ने व्यवस्था मिलाइएको छ ।आर्थिक स्रोत व्यवस्थापनका लागि सप्ताहव्यापी श्रीमद्भागवत महापुराण र धार्मिक तथा सांस्कृतिक महोत्सव आयोजना गरिने सचिव ढकालले जानकारी दिए । 

नेपालकै प्रसिद्ध धार्मिक क्षेत्र मुक्तिनाथ धामको पाँच दिवसीय अवलोकन भ्रमणपछि दोमुखा धार्मिक तथा पर्यटकीय विकास व्यवस्थापन संस्थाले मुक्तिनाथ धामको शैलीमा १०८ धारा निर्माण गरिने प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ। 

जलधारा निर्माणका लागि आवश्यक योजना अनुसार यही  बैशाख १७ गते भूमि पूजन गरी सवा लाख बत्ती बालेर काम थालिने संस्थाका अध्यक्ष लावतीले बताए ।
 उनले भूमि पुजन र जलधारा निर्माणका लागि मुक्तिनाथ स्थित काली गण्डकीको जल समेत ल्याएको जानकारी दिए।

फोटो
प्रसिद्ध कनकाई नदीको किनारमा अवस्थित दोमुखामा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको भीड लाग्ने गरेको छ। आकर्षण भनेको प्राकृतिक बनावट हो र
प्राकृतिक छटाहरु हुन् । जसलाई हेर्न संसारभरका मानिसहरु आतुर हुन्छन् ।यस विषयलाई हृदयङ्गम गर्दै दोमुखालाई धार्मिक तथा पर्यटकीय मान्यताका साथ विकास गर्ने उद्देश्यले पूर्वको मुक्तिनाथ धामको रुपमा विकास गर्न लागिएको पत्रकार सम्मेलनमा 
जानकारी गराइएको थियो ।

ट्यागहरू:
साहित्य #पर्यटन साहित्य #जीवनी
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।