शिवसताक्षीमा अन्तर विद्यालय अतिरिक्त क्रियाकलापमा भानु मावि, भगवती मावि र धरमपुर प्रज्ञा पाठशाला प्रथम

दिलिप घिमिरे · पौष ११, २०८२ ७:४५ PM
Cover Image for News

झापा/ शिवसताक्षी नगरपालिकाको आयोजनामा विद्यालयको अतिरिक्त क्रियाकलाप अन्तर्गत अन्तर–विद्यालय हाजिरीजवाफ, निबन्ध लेखन र हस्तलेखन प्रतियोगिता सम्पन्न भएको छ।

हाजिरीजवाफ प्रतियोगिता (कक्षा ९–१२) तर्फ भानु माध्यमिक विद्यालय,लालझोडाले प्रथम स्थान हासिल गरेको छ। ध्रुवतारा आवासीय अंग्रेजी माध्यमिक विद्यालयले द्वितीय र भानु माध्यमिक विद्यालय, पाराबारीले तृतीय स्थान प्राप्त गरेका छन्।
 निबन्ध लेखन प्रतियोगिता (कक्षा ६–८) तर्फ भगवती माध्यमिक विद्यालय प्रथम, सूर्योदय आधारभूत विद्यालय द्वितीय र बालनिकुञ्ज माध्यमिक विद्यालय तृतीय भएका छन्।
 
त्यस्तै, हस्तलेखन प्रतियोगिता (कक्षा १–५) तर्फ धरमपुर प्रज्ञा पाठशालाले प्रथम, ध्रुवतारा आवासीय अंग्रेजी माध्यमिक विद्यालय द्वितीय र राष्ट्रिय रमणीय आदर्श  माध्यमिक विद्यालयले तृतीय स्थान हासिल गरेको छ ।
 हाजिरीजवाफ तर्फ १४ विद्यालय, निबन्ध लेखन तर्फ २३ विद्यालय र हस्तलेखन तर्फ २७ विद्यालयको सहभागिता रहेको थियो।

फोटो
 प्रतियोगितामा सफल विद्यार्थीलाई नगद पुरस्कारसहित मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो भने विजयी विद्यालयलाई ट्रफी प्रदान गरिएको नगरपालिकाले जनाएको छ।
 कार्यक्रमको उद्घाटन गर्दै नगरप्रमुख मेगाहाङ्ग थोप्राले नगरपालिकाले विद्यार्थीहरुको क्षमता अभिबृद्धि गर्ने, समान्य ज्ञान विद्यार्थीहरुको चौतफी विकासका लागि अतिरिक्त क्रियाकलाप गराएको जानकारी दिनुभयो । विद्यार्थी पाठ्यपुस्तक भित्रमा रहेर होइन, विश्व मानचित्रमा लगायत विविध विषयमा जानकारी लिन जरुरी छ । 
कार्यक्रमको अध्यक्षता शिक्षा शाखा प्रमुख छवि ढकालले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयका शिक्षक कमल भट्टराईले गर्नुभएको थियो।

ट्यागहरू:
शिक्षा #साहित्य #अतिरिक्त क्रियाकलाप #
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू