शम्भु-निर्मला विशिष्ट साधक सम्मानबाट त्रिपाठी र राणा सम्मानित

दिलिप घिमिरे · पौष ११, २०८२ ७:२१ PM
Cover Image for News

 झापा / शम्भु-निर्मला विशिष्ट साधक सम्मान - २०८२बाट स्रष्टा वासुदेव त्रिपाठी र गायिका मीरा राणालाई बिहीबार सम्मान गरिएको छ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा-प्रतिष्ठानका पूर्वकुलपति गङ्गाप्रसाद उप्रेती र मञ्चासिन अन्य विशेष अतिथिहरुले विशिष्ट साधक त्रिपाठी र राणालाई नगदसहित सम्मानपत्रले सम्मान गरेका थिए ।

कार्यक्रममा विशिष्ट अतिथि डा. विष्णुविभु घिमिरे, विशिष्ट अतिथि तथा प्रमुख वक्ता प्रा.जगत्
प्रसाद उपाध्याय र डा. टीका भण्डारीलगायतको उपस्थिति रहेको थियो ।
  वरिष्ठ स्रष्टा तथा गायक शम्भुकुमार मिलनको नाममा स्थापित शम्भु-निर्मला कला-साहित्य समाजले यो सम्मान हरेक वर्ष नेपालीभाषा,साहित्य,इतिहास,
दर्शनशास्त्र,समाजशास्त्र,गीतसङ्गीत र कलाकारिताका क्षेत्रमा योगदान दिने व्यक्तित्वहरूमध्येबाट साहित्य सेवा क्षेत्रबाट एक जना र गीतसङ्गीत क्षेत्रबाट एकजना दीर्घसाधकलाई 'शम्भु निर्मला विशिष्ट साधक सम्मान प्रदान गर्दै आएकोमा यस वर्षको 'शम्भु -निर्मला विशिष्ट साधक सम्मान-२०८२' बाट भाषा साहित्यको दीर्घसाधनाका लागि वरिष्ठ स्रष्टा एवम् महासामालोचक प्रा.डा. वासुदेव त्रिपाठीलाई र गीतसङ्गीतको दीर्घसाधनाका लागि वरिष्ठ गायिका मीरा राणालाई जनही नगद २१हजार १सय २१ रुपैयाँ र सम्मानपत्र सहित सम्मानित तथा पुरस्कृत गरिएको संस्थाका अध्यक्ष प्रा.डा. देवी नेपालले बताए ।

फोटो
साधक सम्मान-२०८२' बाट सम्मानित वासुदेव त्रिपाठीका नेपाली कविताको सिंहावलोकन', 'पाश्चात्य समालोचनाको सैद्धान्तिक परम्परा' विचरण' लगायतका दर्जनों समालोचनात्मक कृतिहरू 'तीनथुंगा', 'देशकोमहिमा','अर्धनारीश्वर','नवपल्लव'लगायतका दर्जनौं कविता तथा काव्यहरू प्रकाशित छन् भने मिरा राणाको `तिमी देऊ या नदेऊ','तिमीलाई रुवाउने','मेरो पाउमा आज'लगायतका १ हजार ६ सय अत्यन्त लोकप्रिय गीतहरू गाएर नेपाली गीतसङ्गीतका क्षेत्रमा अतुलनीय योगदान दिनुभएको छ ।
फोटो

स्रष्टा तथा गायक शम्भुकुमार मिलनको पाँचों वार्षिक स्मृतिदिवसका अवसरमा उहाँकै शब्द,सगीत र स्वर गरेको गीत गायिका रोशा फुयालले गाएकी थिइन् । 

ट्यागहरू:
साहित्य कला र संस्कृति
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।