सुदूरपश्चिमाञ्चल साहित्य समाजको नियमित मासिक काव्य सभा सम्पन्न
२९ कार्तिक झापा /सुदूरपश्चिमाञ्चल साहित्य समाजले आजदेखि प्रत्येक महिनाको अन्तिम शनिबार रचना वाचन कार्यक्रमको सुरुवात गरेको छ।
कार्यक्रममा अग्रज श्रष्टाहरूदेखि लिएर अनुज स्रष्टाहरूसम्मका जीवनी, उनका रचना गर्भ सुन्ने, स्रष्टाको प्रकाशित पुस्तकको समीक्षा,परिचर्चा, एकल रचनावाचन, गीत गजल, कविता, मुक्तक, लघुकथा,देउडा सुन्ने सुनाइने उद्देश्यका साथ नियमित मासिक काव्य सभा गरिने आयोजक संस्थाले जानकारी दिएको छ । 
साथै दर्जनौं कविहरूले आ-आफ्नो रचना गीत गजल कविता सुनाउनुभयो कार्यक्रम अत्यन्त रोचक रहेको थियो ।
आजको यस कार्यक्रमको संयोजकत्व सुदूरपश्चिमाञ्चल साहित्य समाजका उपाध्यक्ष टोपेन्द्र शाहले गर्नुभएको थियो भने स्वागत मन्तव्य साहित्य समाजका अध्यक्ष साहित्यकार रामलाल जोशीले दिनुभएको थियो।
कार्यक्रममा रचना गर्भ सुनाउने दुई स्रष्टाहरुको संक्षिप्त जीवनी कैलाली बहुमुखी क्याम्पसका सहप्राध्यापक तथा साहित्यकार गणेशराज जोशीले भन्नुभएको थियो।
कार्यक्रममा प्रसिद्ध देउडा गायक यज्ञराज उपाध्यायले शुभकामना मन्तव्य राख्नुभएको थियो। 