सिसासको २६४औँ मासिक सङ्गम सम्पन्न

दिलिप घिमिरे · पौष २०, २०८२ ९:२२ PM
Cover Image for News

झापा २०पुस/सिर्जनशील साहित्यिक समाज (सिसास) भैरहवाले आफ्नो २६४औँ नियमित मासिक साहित्यिक सङ्गम भैरहवामा शनिबार सम्पन्न गरेको छ । 

सिसासका अध्यक्ष सरु ज्ञवालीको अध्यक्षता तथा वरिष्ठ साहित्यकार प्रा.डा. कपिलदेव लामिछाने प्रमुख आतिथ्यमा एक कार्यक्रमका बीच  २६४ औं नियमित मासिक साहित्यिक सङ्गम सम्पन्न भएको हो ।
 प्रमुख अतिथी लामिछानेले “साहित्यले समाजलाई चेतना दिनुका साथै भावनालाई उजागर गर्छ” भनी कार्यक्रमको महत्व बारे प्रकाश पार्नु भएको थियो । 

कार्यक्रममा विशिष्ट अतिथिहरूमा सिसासका विशिष्ट सदस्य वनमाली निराकार र संस्कृतिविद् विजय सागर, संस्थाका निवर्तमान अध्यक्ष एवम् सल्लाहकार कमल पोख्रेल “निश्छल”, सिद्धार्थ साहित्य परिषद्का सचिव लक्ष्मीप्रसाद अधिकारी र साहित्यकार तिलक लामिछाने लगायतको सहभागिता रहेको थियो ।

साहित्यिक सङ्गममा भजन, गीत, कविता, मुक्तक, लघुकथा र गजल वाचन गरिएको थियो। डा. लक्ष्मी पोख्रेल, दीपक प्रधान, लता प्रधान, सिर्जना खनाल, मञ्जु सिग्देल, निमा डि.सी., गङ्गा घिमिरे लगायतका साहित्यकारहरूले सिर्जनात्मक प्रस्तुति दिनु भएको थियो ।
 कार्यक्रममा सहसचिव राधा भट्टराईले स्वागत मन्तव्य रहेको कार्यक्रम संचालन सचिव रामराज गौतमले गर्नु भएको थियो ।

ट्यागहरू:
साहित्य कला र संस्कृति
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।