स्रष्टा सानु गुल्मेलीको ´उल्टो थपडी` कविता संग्रहको विमोचन

दिलिप घिमिरे · चैत २३, २०८२ ८:४५ PM
Cover Image for News

झापा २३ झापा/स्रष्टा राजकुमारी कुँवर ‘सानु गुल्मेली’ द्वारा लिखित कविता संग्रह `उल्टो थपडी´एक कार्यक्रमका बीच विमोचन गरिएको छ।

प्युठान,जुम्रीस्थित होटल आयुष्माको सभाहलमा आयोजित कार्यक्रम प्युठान नगरपालिकाका नगरप्रमुख विष्णुबहादुर योगीको प्रमुख आतिथ्य र साहित्य परिषद् प्युठानकी अध्यक्ष बिमला खनालको सभापतित्वमा सम्पन्न भएको हो।

कार्यक्रममा साहित्य परिषद् प्युठानका पूर्व अध्यक्ष गेहराज शर्मा तथा कार्यक्रम सञ्चालन परिषद्का सहसचिव सुमन सुवेदी विशिष्ट अतिथि आसनमा रहेका थिए ।
 प्रमुख अतिथि योगीले पुस्तक विमोचन गर्दै लेखकको सिर्जनात्मक योगदानको प्रशंसा गर्नुभयो। उहाँले यस्ता साहित्यिक कृतिहरूले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गर्नुभयो।कविता संग्रहमा ५५ वटा कविता समावेश छन् ।
कार्यक्रममा साहित्यप्रेमी,बुद्धिजीवी,शिक्षक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

फोटो
श्रीमान् र परिवारको सहयोगले आफुले कविता संग्रह प्रकाशन गर्न सफल भएको कुँवरले बताउनुभयो।उहाँले आफ्नो कृति अध्ययन गरेर सुझाव दिन समेत सबैलाई आग्रह गर्नुभएको छ।कृतिको आवरण आफ्नै छोरी आकृति खड्काले तयार गरेको उहाँले बताउनुभयो ।

गुल्मी पुर्कोटदहमा जन्मिनुभएको कुँवर क्षेत्र विकास मावि प्यूठान नगरपालिका-७ पुण्यखोलामा शिक्षण पेशामा आबद्ध हुनुहुन्छ । उहाँले स्नातकोत्तरसम्म शिक्षा हासिल गर्नुभएको छ ।
 साहित्यकार कुँवरले गत वर्ष ऐजेरु कथा संग्रह प्रकाशन गर्नुभएको थियो।उहाँ लुम्बिनी वाङ्मय प्रतिष्ठान प्यूठान शाखाको अध्यक्ष,नेपाल बाल साहित्य समाज लुम्बिनी प्रदेशको सचिव,साहित्य परिषद प्यूठानको सचिव,राप्ती साहित्य परिषद प्यूठान लगायत क्षेत्रमा आवद्ध हुनुहुन्छ ।

ट्यागहरू:
साहित्य कला र संस्कृति
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।