सुरभिको १७९अ‍ौं आख्यानवाचन कार्यक्रम सम्पन्न

दिलिप घिमिरे · मंसिर २१, २०८२ ६:३३ PM
Cover Image for News

आज सुरभि साहित्य प्रतिष्ठानको १७९अ‍ौं आख्यानवाचन सम्पन्न भएको छ ।
  सुरभि आख्यान प्रतिष्ठानको सभास्थल,कृष्णमन्दिर कुटी,ढोल्खाधारो,गोकर्णेश्वर -८ मा सम्पन यो कार्यक्रमको  अध्यक्षता प्रतिष्ठानका अध्यक्ष बाजुराम पौडेलले गर्नुभएको थियो, प्रमुख अतिथि आख्यानकार कणाद महर्षि हुनुहुन्थ्यो भने विशेष आमन्त्रितमा अभिनव साहित्य समाजका अध्यक्ष गोविन्द घिमिरे वेदमणि,मासिक १०० अभियानका पूर्व अध्यक्ष सञ्जय पोखरेल,युवराज मैनाली,गङ्गा कर्माचार्य पौडेल हुनुहुन्थ्यो ।मेनका आचार्य पोखरेलले सञ्चालन गर्नुभएको सभालाई आलोक चालिसेले शब्दस्वागत गर्नुभएको थियो ।


 ‎यसै सभामा प्रतिष्ठानका अध सुपरिचि साहित्यकार बाजुराम पौडेलको खण्डकाव्य" वाग्मती र वाग्मती"को सामुहिक विमोचन गरिएको थियो । अध्यक्ष बाजुराम पौडेलले सबैलाई धन्यवाद दिंदै आफ्नो कथा "मृत्युपछि " सुनाउनुभयो । अभिनवका अध्यक्ष गोविन्द घिमिरे वेदमणिले आफ्नो मन्तव्यको क्रममा जीवात्माको विषयमा केही प्रकाश पार्नुभयो र बाजुराम पौडेलको सद्यविमोचित खण्डकाव्य "वाग्मती र वाग्मती"को थोरै चर्चा गर्नुभयो र अकबर बीरबलको एउटा सन्देशमूलक किस्सा सुनाउनुभयो । विशेष अतिथि युवराज मैनालीले बाजुराम पौडेलको नवीन कृतिको सफलताको शुभकका साथै एउटा लघुकथा वाचन गर्नुभयो । प्रमुख अतिथि कणाद महर्षिले आफ्नो मन्तव्यका साथै लघुकथा सुनाउनुभयो । कवि,गजलकार,लघुकथाकार परशुराम पराशरले आज वाचित आख्यानहरूको संक्षिप्त समीक्षा गर्नुभयो ।

फोटो
सभामा आख्यान वाचन गर्नेहरूमा-१.सुशील आचार्य ( ल क)"दुर्भाग्य",२.रमेश भट्टराई पुजारी (ल क)"मोड"" ३.खोलाघरे साहिंलो (लक)" उत्पादक ईर्ष्या",४.रामकुमार पण्डित क्षेत्री (ल क)"गाउँ शहर",५.रमेशजङ्ग थापा (कथा) "अन्तिम भाँडो",६.आलोक चालिसे चार पुस्ताका कथा सङ्ग्रहबाट छोरीको रचना (कथा) " सिकर्मीको कथा" ७.सञ्जय सोती( ल क)" जादू", ८.दिवाकर न्यौपाने (कथा)"आजको राष्ट्रवादी ",९.गङ्गा कर्माचार्य  पौडेल (ल क )"जिद्दी ",१०.अनिता ढकाल (ल क) " सुनको चुरा", ११.रञ्जु खनाल (ल क) " शक्तिशाली " १२.बाजुराम पौडेल (कथा) " मृत्युुपछि" ,१३.युवराज मैनाली( ल क) "सिंहको गर्जन"१४.कणाद महर्षि (ल क)"नयाँ भनेपछि "।सभ्य श्रोतामा शारदा पराजुली लगायत अन्य धेरै जना आख्यानप्रिय व्यक्तित्वहरूको उपस्थिति रहेको साहित्यकार खोलाघरे साहिँलोले बताए ।

ट्यागहरू:
साहित्य कला र संस्कृति
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।