सुरभि साहित्य प्रतिष्ठानमा कवि शिरोमणि स्मृतिसभा र स्रष्टा सम्मान
झापा/कविशिरोमणि लेखनाथ पौड्यालको १४२अौं जन्मजयन्तीको अवसरमा सुरभि साहित्य प्रतिष्ठान गोकर्णेश्वरमा स्रष्टा सम्मान तथा कविता वाचन सम्पन्न गरिएको छ।
सुरभि साहित्य प्रतिष्ठानका अध्यक्ष बाजुराम पौडेलको अध्यक्षता र प्रमुख आमन्त्रित नन्दलाल श्रेष्ठ गोकर्णेश्वर न पा ८ का वडाअध्यक्ष रहेको कार्यक्रममा विशेष आमन्त्रितमा महेन्द्र चालिसे ,राजनप्रसाद नेउपाने,शान्ति नारायण श्रेष्ठ, वसन्तराज अज्ञात,युवराज मैनाली,ठाकुरप्रसाद शर्मा भण्डारी रहनुभएको थियो ।
लेखनाथ पौडेलको तस्वीरमा माल्यार्पण गरेपछि शुरु भएको कार्यक्रममा स्वागत मेनका पोख्रेल आचार्यले गर्नुभयो ।
स्रष्टा सम्मानमा पर्वत,कुस्माका शान्तिनारायण श्रेष्ठ र काठमाडौंका वसन्तराज अज्ञातलाई सुरभि सद्भावना पुरस्कार अर्पण गरियो । परशुराम पराशरले पुरस्कृत प्रतिभाहरूको परिचय दिनुभएको थियो । पुरस्कृत शान्तिनारायण श्रेष्ठले आफ्ना रमाइला रमाइला गजल,मुक्तकहरू सुनाउनुभयो।
प्रमुख आमन्त्रित वडा नं ८ का वडाध्यक्ष नन्दलाल श्रेष्ठले साहित्यकारहरू र साहित्य क्षेत्रमा आफूहरूले सहयोग गरिरहेको र अझै गरिरहने वचन दिनुभयो ।
युवराज मैनालीले शुभकामना मन्तव्य,सभाध्यक्ष तथा सुरभिका अध्यक्ष बाजुराम पौडेलले लेखनाथको संक्षिप्त जीवनी,कृतिहरूबारे संक्षिप्त जानकारी दिंदै नेपाली साहित्यको आधुनिक कालका आरम्भकर्ता पनि लेखनाथ नै हुन् भन्दै पुरस्कृत दुवै प्रतिभा र सहभागीहरुलाई हार्दिक धन्यवाद दिंदै शिखरिणी छन्दमा आफ्नो रचना सुनाएर सभा समापन गर्नुभयो ।
रचनावाचनमा-महेश्वर खनाल,सुशील आचार्य,रत्ननिधि रेग्मी,अल्फी फोहेन फाक्लुप्पा,वासुदेव पौडेल,खोलाघरे साहिंलो,शारदा पराजुली,प्रतीक धिमाल गोपालकुमार मैनाली,रामचन्द्र खतिवडा,परशुराम पराशर सरिता घिमिरे,राजनप्रसाद नेउपाने,मेनका पोख्रेल,ठाकुरप्रसाद भण्डारी,सुशीला प्रधानाङ्ग,विमल अर्याल,गणेश खतिवडा,युवराज मैनाली-कविहरूले आ-आफ्ना सृजना वाचन गर्नुभएको थियो ।
कार्यक्रमको सञ्चालन स्रष्टा अच्युत घिमिरेले गर्नुभएको थियोे ।