सोमराजको चौथो महाकाव्य “शेषराज दाइ’लोकार्पण
२५ कार्तिक/महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७ औँ जन्म जयन्तीको अवसर पारेर महाकाव्यकार सोमराज अभयको चौथो महाकाव्य “शेषराज दाइ’लोकार्पण गरिएको छ।
छन्दवाटिका नेपालको आयोजनामा मंगलबार बिराटनगरमा आयोजित एक कार्यक्रमकाबीच प्रमुख अतिथि प्रा.डा. टङ्क न्यौपाने लगायत अन्य मञ्चासीन अतिथिहरुले कृतिको संयुक्त रूपमा लोकार्पण गरेका हुन्।
कृतिका बारेमा बोल्दै प्रा.डा.हरिहर भण्डारीले अभय मोरङका सबैभन्दा बढी महाकाव्य लेख्ने कवि भएको बताए ।
लोकार्पण कार्यक्रममा प्राज्ञ विवश पोखरेल, प्रा.डा मेदिनी शर्मा,प्रा कविराज न्यौपाने,प्रगतिवादी साहित्यकार रामप्रसाद खरेल,डा. देवी पन्थी,अग्रज साहित्यकारहरू बलराम पोखरेल,डमरु बल्लभ भण्डारी, कुशेश्वर राई,सरला चापागाईं लगायतको उपस्थिति थियो। 