सिलवालको ‘एभरेस्ट’माथि काठमाडौँमा डिस्कोर्स
झापा २०पुस/अशोक सिलवालको ‘एभरेस्ट’माथि काठमाडौंमा डिस्कोर्स सम्पन्न भएको छ ।
‘एभरेस्ट’ सिलवालको यो पाँचौं किताब हो । डुकमेन्ट्री निर्देशकसमेत रहेका नेपाल गाइड सिलवालका यसअघि ‘कलम’, ‘लेखक दुनियाँ’, ‘श्रीलंका स्मृति’ र अध्यात्मकेन्द्रित कैलाश किताब ‘अप्प दीपो भवः’ प्रकाशित छन् ।
थापागाउँस्थित कुन्जथिएटरमा विश्लेषक डम्बर खतिवडाले डिस्कोर्स ओपनिङ गरेका थिए । लेखकको राइटिङ जर्नी उधिन्दै विश्लेषक खतिवडाले अशोक सिलवाललाई ‘एभरेस्ट’का लेखकको रूपमा उभ्याएलगत्तै डिस्कोर्स ‘एभरेस्ट’माथि केन्द्रित भएको थियो । लगत्तै लेखक सिलवालका ७ वर्षीय छोरा त्रिशानले ‘लेकका हामी केटाकेटी’ गाएका थिए ।
डिस्कोर्समा लेखक सिलवालकी टिनएजर्स् छोरी अदितिले राइटिङ अब्जर्भरको रूपमा आफ्ना अनुभूति सुनाउँदा थिएटर भावुक भएको थियो । मालिशा शर्मालगायतले किताबमाथि विदेशी पाठकका रिभ्यु रिसाइट गरेका थिए । जेनजी सभ्यता नेपालले पाठक प्रतिक्रिया पस्केकी थिइन् ।
संस्कृतिविद् डा. निर्मला पोखरेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा इन्दिरा न्यौपाने,शकुन्तला देवकोटा, मनोज केसी, कमल ढकाल र शेखर खरेलले किताबका अनेक आयाममाथि रोचक विमर्श गरेका थिए ।
यसअघि ‘एन अनफिनिस्ड स्टोरी’ सबटाइटल रहेको सिलवालकृत ‘एभरेस्ट’ ८ हजार मिटरभन्दा अग्ला ३ हिमशिखर धौलागिरी, अन्नपूर्ण र मनास्लुलाई पृष्ठभूमि पारेर माछापुच्छ्रे काखस्थित इन्टरनेसनल माउन्टेन म्युजियममा विमोचन भएको थियो । ‘एभरेस्ट’ त्यसअघि लाङटाङ क्षेत्रको झन्डै ४ हजार मिटर उचाइमा रहेको अन्तिम गाउँ क्यान्जिङमा सार्वजनिक भएको थियो।‘किताब संसारशीर सगरमाथाआधारित भए पनि यो भुईंतिरको यात्रा हो,’लाङटाङ सद्भावना दूतसमेत रहेका सिलवालले भने ।
शब्द, हिमाल र जीवनलाई जोडेर आयोजित डिस्कोर्स नयाँ स्वाद र शैलीको भएको सहभागीहरूले बताए ।