साहित्यकार खतिवड़ालाई बद्रीनारायण प्रधान स्मृति पुरस्कार अर्पण गरिने

दिलिप घिमिरे · पौष ११, २०८२ ९:२५ PM
Cover Image for News

झापा/साहित्यकार ज्ञानेन्द्र खतिवड़ालाई बद्रीनारायण प्रधान स्मृति पुरस्कार-२०२६ अर्पण गरिने भएको छ। 
बद्रीनारायण प्रधान स्मृति पुरस्कार चयन समितिका संयोजक डा.मोहन पी. दाहालको अध्यक्षतामा बिहीबार बाग्राकोटमा बसेको बैठकबाट खतिवडालाई पुरस्कृत गरिने  निर्णय गरिएको हो।

 प्रसिद्ध साहित्यकार बद्रीनारायण प्रधानको स्मृतिमा सन् २०१० मा गठित बद्रीनारायण प्रधान स्मृति प्रतिष्ठानले सन् २०१२ देखि नेपाली साहित्यका समर्पित साधकहरुलाई प्रत्येक वर्ष यो पुरस्कार अर्पण गर्दै आएको छ।पुरस्कारमा स्मृति-चिन्ह,अङ्ग-वस्त्र र नगद राशि सम्मिलित रहनेछन्। 
आगामी १८ जनवरी, २०२६ का दिन बाग्राकोट,डुवर्समा आयोजन हुने ९८औँ बद्रीनारायण प्रधान जयन्ती तथा पुरस्कार अलङ्करण समारोहमा सालबारी निवासी वरिष्ठ साहित्यकार ज्ञानेन्द्र खतिवड़ालाई पुरस्कारद्वारा अलङ्कृत गरिने प्रतिष्ठानका सचिव
 रूपेश शर्मा बताए ।

 गहन अध्ययन,चिन्तनसँगै सिर्जनालाई सार्विकता र गुणात्मकताको मार्गमा डोहोऱ्याउन सधैँ प्रयासरत रहने कवि खतिवड़ाका दुईवटा काव्यकृति `खस्नै लागेको उज्यालोमा’ (सन् १९९५) र ‘ऐना अघिल्तिर’ (सन् २०२३)प्रकाशित छन् ।

ट्यागहरू:
विश्व कला साहित्य
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।