साहित्यकार हरिनारायण भट्टराई झर्रो शैली सम्मानबाट सम्मानित

दिलिप घिमिरे · वैशाख २, २०८२ ८:५१ PM
Cover Image for News

आज साहित्यकार हरिनारायण भट्टराईलाई चूडामणि रेग्मी झर्रो शैली सम्मान तथा पुरस्कार प्रदान गरिएको छ। 

भद्रपुर नगरपालिका वार्ड नं १० को कार्यालय परिसरमा अवस्थित लेखनाथ पुस्तकालय चन्द्रगढीमा एक भव्य कार्यक्रमका बीच भट्टराईलाई नगद पचासी हजार सहित सम्मान गरिएको हो।
 कार्यक्रम पुस्तकालयकि अध्यक्ष खगिन्द्रा खुसीको अध्यक्षतामा, आख्यानकार पुण्यप्रसाद खरेलको प्रमुख आतिथ्यमा भएको थियो। कार्यक्रममा झर्रोवादी अभियन्ता एवम् अग्रज साहित्यकार चूडामणि रेग्मी र प्राज्ञ सुभद्रा भट्टराईको विशेष आतिथ्य रहेको थियो।
 कार्यक्रममा झर्रो शैली सम्मानबाट सम्मानित व्यक्तित्व बिर्तामोड निवासी साहित्यकार हरिनारायण भट्टराई र उहाँकी धर्मपत्नी तिलरुपा भट्टराईलाई मञ्चासन गराएर झर्रो शैली सम्मान तथा पुरस्कारले सम्मानित गरिएको हो।नगदसहित सम्मान-पत्र, अविरटीका,माला,खादा र दोसल्लाद्वारा सदम्पतीलाई प्रमुख अतिथि ,विशेष अतिथि र पुरस्कारका संस्थापक प्रदीपमणि रेग्मी र कार्यक्रमको सभापति तथा पुस्तकालयको सभापति खगिन्द्रा खुसीले सम्मान गर्नु भएको थियो। 
 झर्रोवादी अभियन्ता चूडामणि रेग्मीका सुपुत्र प्रदीपमणि रेग्मीबाट २०७९ सालमा झर्रो शैली सम्मान तथा पुरस्कार स्थापना गरिएको स्रष्टा देवीचरण भण्डारीले बताए ।

विमोचन
कार्यक्रममा लेखनाथ पुस्तकनलयबाट प्रकाशित -लेखनाथ स्मारिका -२ र काठमाण्डौबाट प्रकाशित आलेख चूडामणि रेग्मी अङ्कको समेत विमोचन गरिएको थियो ।
स्मारिका सम्पादन मण्डलका सदस्य ह‍ोम सुवेदीले सम्पादनका क्रममा आईपरेका समस्या र लेख रचना सङ्कलन गर्दा भोगेका अप्ठ्याराोको वारेमा सम्पादन मण्डलको अनुभूति राख्नु भएको थियो।

त्यस्तै विमोचित कृति आलेख चूडामणि रेग्मी अङ्कको संक्षिप्त समीक्षा लेखनाथ पुस्तकालयका पूर्व सभापति तथा स्रष्टा नवराज घिमिरेले गर्नु भएको थियो।

कार्यक्रममा केही दिन अघि  काठमाण्डौमा लोकार्पण गरिएको गीतकार टीका भट्टराईद्वारा लिखित १११ वटा गीत सङ्ग्रहित कृति" माटोको सुगन्ध" को बारेमा चन्द्रमणि पौडेलले संक्षिप्त रुपमा प्रकाश पार्नुभएको थियो। कार्यक्रममा गीतकार टीका भट्टराई नेपालले सोही कृतिभित्रबाट सङ्गिनी गीत गाउनु भएको थियो।
सामूहिक तस्बिर
कार्यक्रममा जयप्रसाद आचार्य ,दिलीप घिमिरे, मीना अधिकारीले आ- आफ्ना सिर्जना वाचन गर्नु भएको थियो । 

कार्यक्रममा सम्मनित स्रष्टा हरिनारायण भट्टराईले सम्मानित एवम् पुरस्कृत हुँदाको  आफ्ना अनुभूतिहरु राख्नु भएको थियो।
  पुस्तकालयको कार्यसमिति सदस्य निर्मला बाँस्तोलाले स्वागत गर्नु भएको कार्यक्रमको सञ्चालन भने सचिव हरिकिशोर आचार्यले गर्नु भएको थियो। 

ट्यागहरू:
साहित्य #पर्यटन साहित्य #जीवनी
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।