साहित्य चौतारीले गर्यो नव वर्षको शुभकामना आदानप्रदानसँगै विविध कार्यक्रम सम्पन्न

दिलिप घिमिरे · चैत २९, २०८१ ९:५९ PM
Cover Image for News

३०गते चैत्र/ साहित्य चौतारी बिर्तामोड झापा नेपालले नव वर्ष २०८२ सालको शुभकामना आदानप्रदानसँगै विविध कार्यक्रम सम्पन्न गरेको छ। 

आज भएको कार्यक्रममा संस्था तथा सर्जक सम्मान, अक्षयकोष हस्तान्तरण र साहित्यिक रचना वाचन समेत गरेको हो। 
 संस्थापक संरक्षक तथा अध्यक्ष देवीभक्त श्रेष्ठको अध्यक्षता तथा संस्थाका अभिनन्दित व्यक्तित्व समालोचक जीवनाथ सुवेदीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । 

 कार्यक्रममा झापा मेचीनगर ११ को लाल भागीरथा वानियाँ प्रतिष्ठानलाई संस्थागत सम्मान गरिएको थियो। सल्लाहकार संयोजक राजेन्द्र संग्रौलाले वाचन गरेको सम्मान पत्र संस्थाका अध्यक्ष हरिचरण वानियाँसहित पदाधिकारीहरूले ग्रहण गरेका थिए। 

 कार्यक्रममा साहित्यतर्फ भारत दार्जिलिङका कवि तथा गीतकार मदन ओझालाई अन्तर्राष्ट्रिय संयोजक डीएल प्रधानले वाचन गरेको सम्मान पत्र प्रदान गरिएको थियो ।

 त्यस्तै ललितकलातर्फ धरान सुनसरीका तीर्थ निरौलालाई  उपाध्यक्ष हिम्मत नेम्बाङले वाचन गरेको सम्मान पत्र प्रदान गरिएको  थियो भने संगीततर्फ झापा बिर्तामोडका शास्त्रीय गायक सरोज वत्स र सञ्जीवनी पौड्याललाई  पूर्व उपाध्यक्ष दीपक रायामाझीले वाचन गरेको  सम्मान पत्र प्रदान गरिएको थियो । 

 कार्यक्रममा संस्थापक संरक्षक तथा अध्यक्ष देवीभक्त श्रेष्ठले आफूलाई व्यापार व्यवसायमा अगाडी बढ्न प्रेरणा प्रदान गर्ने भिनाजु हर्कबहादुर प्रधान र ज्वाँइ लोकबहादुर पौडेलको स्मृतिमा कनकाई मावि सुरुङ्गामा स्थापित हर्क_ लोक स्मृति अक्षयकोषमध्ये हर्क_ लोक स्मृति प्रतिभा पुरस्कारका लागि दिदी मुना श्रेष्ठ प्रधान र बहिनी वेनुकुमारी श्रेष्ठ पौडेलसहित अध्यक्ष र  प्रमुख अतिथि लगायतले  प्रदान गरेको ५ लाख ५५ हजार ५ सय ५५ रूपैयाँ कनकाई मावि सुरुङ्गाका प्रधानाध्यापक कर्ण डाँगी र अध्यक्ष चन्द्र प्रसाईले ग्रहण गरेका थिए ।

 त्यस्तै शनिश्चरे बहुमुखी क्याम्पसलाई साहित्य चौतारी प्रतिभा पुरस्कारका लागि ५१ हजार एक सय ५१ रुपैयाँ प्रदान गरिएको थियो ।
 उक्त  रकम  क्याम्पस प्रमुख  मोहनप्रसाद ओली, सहायक क्याम्पस प्रमुख  कृष्ण थापा, अध्यक्ष हेमराज खरेलले ग्रहण गरेका थिए। त्यस्तै  महारानीगञ्ज मावि सालबारीलाई  साहित्य चौतारी प्रतिभा पुरस्कारका लागि२५ हजार एक रूपैयाँ प्रदान गरिएको थियो। उक्त रकम महारानीगञ्ज माविका प्रधानाध्यापक मनबहादुर लिम्बू र सदस्य मनरथ खतिवडाले ग्रहण गरेका थिए।

फोटो
  कार्यक्रममा सम्मानित तीर्थ निरौला,  मदन ओझा,  मानर्थ सल्लाहकार  प्राज्ञ सुमित्रा बाङ्देल चेली, मानर्थ सल्लाहकार लोकनाथ पौड्याल, पूर्व सल्लाहकार प्राज्ञ सुभद्रा भट्टराई , प्राज्ञ हरिप्रसाद पौड्याल, अभिनन्दित व्यक्तित्व मुक्ति बराल उपाध्याय, कनकाई मावि सुरुङ्गाका प्रधानाध्यापक कर्णबहादुर डाँगी ,लगायतले नव बर्षको शुभकामनासहित मन्तव्य राखेका  थिए। 

 कार्यक्रममा संस्थापक सचिव खिलप्रसाद शिवाकोटीले कविता , कार्यसमिति सदस्य मीना अधिकारीले नयाँ वर्ष विशेष कविता, पूर्व सचिव  दिलिप घिमिरेले गजल ,सम्मानित ब
 व्यक्तित्व सरोज वत्सले  शास्त्रीय गीत, शिव अधिकारी ईलामे जेठोले मुक्तक, डिवी ईलामेले कविता, कार्यसमिति सदस्य कल्पना भट्टराईले नृत्य, गायक निरज पोखरेलले गीत,सप्तक संगीत विद्यालयकी उत्साह अधिकारी र प्रिया श्रेष्ठले गीत ,जीना अधिकारी र मञ्जु धिमालले नृत्य, आर्ट स्टुडियो  महिला नौमती बाजा समूहले गीत, सँगिनी नृत्य प्रस्तुत गरेका थिए । 

सामूहिक तस्बिर
पाध्यक्ष तथा कार्यक्रम संयोजक हिम्मत नेम्बाङले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रमको सञ्चालन संस्थाका सचिव तुलसीप्रसाद निरौलाले गरेका थिए।

ट्यागहरू:
साहित्य #गीत# गजल
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।