राष्ट्रिय कलाश्री सम्मान तथा पुरस्कार छ जना स्रष्टालाई प्रदान

दिलिप घिमिरे · फागुन ४, २०८२ ७:१३ PM
Cover Image for News

झापा ४फागुन /नेपाली कला साहित्य डटकम प्रतिष्ठानले ६ जना श्रष्टाहरुलाई सोमबार सम्मान गरेको छ  । 

नेपाली भाषा साहित्य, नाटक, कला तथा सङ्गीत साधनामा महत्वपूर्ण योगदान पुर्‍याएका ६ जना श्रष्टाहरुलाई पर्यटनबोर्डको सभा हलमा सम्मान गरिएको हो।
प्रतिष्ठानले सोमबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै स्रष्टाहरूलाई राष्ट्रिय कलाश्री सम्मान प्रदान गरेको हो।प्रतिष्ठानले राष्ट्रिय कलाश्री सम्मान वरिष्ठ नाटककार तथा गीतकार मनबहादुर मुखियालाई प्रदान गरेको छ भने ‘राष्ट्रिय कलाश्री पुरस्कार’ निबन्धकार, सम्पादक तथा साहित्यिक अभियन्ता श्रीओम श्रेष्ठ ‘रोदन’लाई प्रदान गरेको छ । 

त्यसैगरी ‘स–सिद्धि राष्ट्रिय कलाश्री युवा पुरस्कार’ कवि तथा अनुवादक निमेष निखिललाई,‘बद्री राष्ट्रिय कलाश्री पत्रकारिता पुरस्कार’ पत्रकार तथा सर्जक राजेश खनाललाई,‘थिरछाया राष्ट्रिय कलाश्री ललितकला पुरस्कार’ मिथिला कलाका साधक चित्रकार एस. सी. सुमनलाई प्रदान गरिएको छ ।
त्यस्तै ‘पद्मनेत्र राष्ट्रिय कलाश्री संगीत पुरस्कार’ प्रसिद्ध लोकगायिक तथा अन्वेषक झुमा लिम्बूलाई प्रदान गरिएको छ । 
प्रतिष्ठानका अनुसार राष्ट्रिय कलाश्री सम्मान अमूल्य रहेको छ भने राष्ट्रिय कलाश्री पुरस्कारमा ताम्रपत्रसहित एक लाख रुपैयाँ, स–सिद्धि राष्ट्रिय कलाश्री युवा पुरस्कारमा ७५हजार रुपैयाँ,थिरछाया राष्ट्रिय कलाश्री ललितकला पुरस्कारमा ६० हजार रुपैयाँ तथा अन्य पुरस्कारहरूमा ताम्रपत्रसहित ५०–५० हजार रुपैयाँ नगद राशि प्रदान गरिएको छ।
सम्मानित व्यक्तित्वको बारेमा समालोचक महेश पौडेलले परिचय दिलाएका थिए। स्वागत भाषण राजेश्वर कार्कीबाट भएको थियो।     
सम्मान कार्यक्रमकाे अध्यक्षता नेपाली कला साहित्य डटकम प्रतिष्ठानका माेमिला जाेशीले गरेकी थिइन् । कार्यक्रम सञ्चालन मणि लोहनीबाट भएको थियो। 
नेपाली कलासाहित्य डटकम प्रतिष्ठानले विगत १७ वर्षदेखि निरन्तर रूपमा कलाश्री सम्मान तथा पुरस्कार समर्पण गर्दै आएको छ

ट्यागहरू:
साहित्य कला र संस्कृति
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।