रङ्गेली साहित्य कला समाजको अध्यक्षमा चिरञ्जीवी काफ्ले चयन
पौष २/रङ्गेली साहित्य कला समाज रङ्गेली, मोरङले भाषा, कला तथा साहित्यको संरक्षण र संवर्द्धन गर्ने उद्देश्यसहित नयाँ कार्यसमिति पुनर्गठन भएको छ।
आज सम्पन्न बैठकबाट चिरञ्जीवी काफ्लेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो। नवगठित कार्यसमितिको उपाध्यक्षमा कमला ढकाल, सचिवमा मिथलेश कुमार अधिकारी र कोषाध्यक्षमा चन्द्रप्रसाद आचार्य चयन भएका छन्।
त्यसैगरी सदस्यहरूमा मोतीराम ढुङ्गाना, डम्बरबहादुर खड्का, राजेन्द्र राजवंशी, बिपिन लुइटेल र अभिषेक सरदार रहेका छन्। साथै संस्थाको सल्लाहकारमा रमेशचन्द अधिकारी र रामनरेश झा चयन भएका छन्।
नवनिर्वाचित अध्यक्ष चिरञ्जीवी काफ्लेले संस्थाको आवश्यकता अनुसार आगामी दिनमा केही सदस्य तथा सल्लाहकार थप गर्न सकिने जानकारी दिएका छन्। उनले भाषा, कला र साहित्यको संरक्षण तथा प्रवर्द्धनका लागि समाजले सक्रिय भूमिका खेल्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।
समाजका बालबालिकाहरूमा साहित्यिक चेतनाको बृद्धि गर्नु , पठन संस्कृतिको विकास गर्नु साथ समुदायमा लुकेर बसेका प्रतिभा समेतलाई बाहिर ल्याउनु समाजको उद्देश्य रहेको समेत काफ्लेले बताए।