पुष्कर शाहको ´मृत सागरदेखि सगरमाथासम्म’ सार्वजनिक

दिलिप घिमिरे · कार्तिक २६, २०८२ ११:१३ PM
Cover Image for News

२५ कार्तिक /विश्व साइकलयात्री पुष्कर शाहको दोस्रो किताब ‘मृत सागरदेखि सगरमाथासम्म’ सार्वजनिक भएको छ ।

 बुक हिलले प्रकाशन गरेको किताब नेपाल प्रज्ञा प्रतिष्ठानको डबलीमा जेन–जी आन्दोलनका अगुवा माजिद अन्सारी, युजन राजभण्डारी र भावना राउतसँगै लेखक शाहले मंगलबार सार्वजनिक गरे ।
 प्रकाशकका तर्फबाट बोल्दै भूपेन्द्र खड्काले ११ वर्षअघि शाहकै पहिलो किताब ‘संसारलाई साढे पाँच फन्को’ मार्फत बुक हिलको प्रकाशन यात्रा सुरुवात भएको जानकारी दिए ।

फोटो
किताब बारे बोल्दै जेन–जी आन्दोलनका अगुवा माजिद अन्सारीले यात्राका उतारचढावले जीवन सरल छैन भन्ने सिकाएको उल्लेख गरे । उनले शाहको किताबमा यात्राका क्रममा भोक, अभाव, उत्साह र रोमान्स मात्रै नभएर सम्झौता गर्नुपर्दाका क्षणहरू कस्ता हुन्छन् भन्ने कुरा समावेश भएको बताए ।
 
कार्यक्रममा अर्का वक्ता युजन राजभण्डारीले शाहले किताबमा आफूले गरेको विश्व यात्राको सार प्रस्तुत गरेको बताए । उनले हिमनदी देखि विभिन्न देशका संस्कृतिका कथाले धेरै कुराको ज्ञान दिने बताए । 

 त्यस्तै भावना राउतले शाहको पर्याप्त साधन स्रोत बिना पनि संसार घुम्छु भन्ने अदम्य साहस राख्ने कुरा युवा पुस्ताका लागि उदाहरणीय रहेको बताइन् । 
लेखक शाहले संसार पैसाले नभइ इच्छाशक्तिले घुमिने हुँदा आमाले दिएको १ सय रुपैयाँको भरमा संसारका धेरै भू–भाग घुम्न पाउने भाग्यमानी कमै मान्छे भित्र पर्ने दाबी गरे । उनले अघिल्लो किताबमा राख्न नपाएका यात्राका अनुभूति दोस्रो किताबमा समेटेको जानकारी दिए ।

ट्यागहरू:
सहित्य#जीवनी#
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।