पर्यकटीय क्षेत्र दोमुखामा चाकचाकुर येलेदोङ ५०८६ मनाइयो

दिलिप घिमिरे · पौष १६, २०८२ १०:४९ AM
Cover Image for News


झापा पुस १६ गते/झापाको पर्यटकीय स्थल दोमुखामा कुलुङ राईहरुले चाकचाकुर येलेदोङ ५०८६ मनाएका छन् । नेपाल किराँत कुलुङ भाषा संस्कृति उत्थान संघ जिल्ला समिति झापाको आयोजनामा दोमुखामा जिल्ला स्तरीय कार्यक्रम सम्पन्न गरेको हो ।
 कार्यक्रमको उद्घाटन शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्रा, उपप्रमुख नरमाया कार्कीले चुलोमा आगो बालेर गर्नु भएको थियो ।
 

उद्घाटनका क्रममा बौल्दै नगरप्रमुख थोप्राले नेपालका भएका सबै जात जाति, भाषा धर्म, संस्कृति देशका सम्पत्ती भएको बताउनु भयो । उहाँले नेपालमा भएको कुलुङ वंशको भाषा लिपी पछिल्लो पुस्ताहरुले अलम्बन गर्दै आओस् र आफ्नो संस्कृति बचाई राख्न शुभकामना दिनु भएको थियो ।
 नेपाल किराँत कुलुङ भाषा संस्कृति उत्थान संघ जिल्ला समिति झापाकी उपाध्यक्ष रचना कुलुङले चाकचाकुर येलेदोङको महत्व र कार्यक्रमको औचित्य माथि प्रकाश पार्नु भएको थियो । कार्यक्रममा किराँत कुलुङहरुले झापाका विभिन्न पालिकाहरुबाट नृत्य प्रस्तुत गरेका थिए ।
 चाकचाकुर येलेदोङकै अवसरमा नेपाल किराँत कुलुङ भाषा संस्कृति उत्थान संघ जिल्ला समितिले जिल्लाका विभिन्न पालिका निवासी विजित १७ पुर्खाहरुलाई सम्मान गरेको जनाएको छ । त्यस्तै चाकचाकुर येलेदोङ २०८६ सफल बनाउन सहयोग गर्ने दाताहरुलाई समेत सम्मान गरिएको थियो ।
 

फोटो
मिनारी दाचाम चाकचाकुर किराँत कुलुङ जातिको पौरख, प्रकृति र पहिचानको उत्सव हो । कुलुङ भाषामा मिनारीको अर्थ पौरख, दाचामको अर्थ खानु वा उपभोग गर्नु र चाक्चाकुर पर्वको नाम हो । शाब्दिक रूपमा भन्नुपर्दा, यो आफ्नै पौरखले उब्जाएको अन्नबाली आफ्ना पितृ र प्रकृतिलाई चढाएर प्रसादका रूपमा ग्रहण गर्ने पर्व हो ।

 यो चाड प्रत्येक वर्षको पुस १५, १६ र १७ गते भव्य रूपमा मनाइन्छ । कुलुङ रिदुम अनुसार यो समय भनेको सूर्य दक्षिणायनबाट उत्तरायणतर्फ लाग्ने, दिनहरू लामा हुन थाल्ने र प्रकृतिको नयाँ चक्र सुरु हुनेबेला हो । त्यसैले यसलाई नयाँ वर्ष अर्थात् निङ दोङका रूपमा स्वागत गरिन्छ । यस पर्वलाई पूर्ण रूपमा मिनारी दाचाम चासुम् लो निङदोङ चाक्चाकुर भनिन्छ, जसको अर्थ हुन्छ, ‘मानव पाखुरीको बलले भण्डारण गरिएको अन्नको नयाँ वर्ष ।’
 कार्यक्रममा शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्की, याक्थुङ चुम्लुङ शिवसताक्षी नगर अध्यक्ष विरबल जवेगु, ग्यारेज क्याफेका सञ्चालक लुका राई, किराँत राई यायोख्या शिवसताक्षी नगर समितिका अध्यक्ष मदन राईलगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
 नेपाल किराँत कुलुङ भाषा संस्कृति उत्थान संघ जिल्ला समिति झापाका अध्यक्ष डिकविर कुलुङका अध्यक्षतामा भएको कार्यक्रमको स्वागत नगर समितिका अध्यक्ष शिवराज राईल गर्नु भएको थियो ।

ट्यागहरू:
साहित्य #पर्यटन साहित्य #संस्कृति #परम्परा #
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।