पूर्वमन्त्रीदेखि चिकित्सकसम्मले सुनाए कविता
झापा / नेपालमण्डल लिट्रेचर कल्चर ट्रस्टले आयोजना गरेको कविता वाचन कार्यक्रममा पूर्वमन्त्रीदेखि चिकित्सकसम्मले शुक्रबार कविता वाचन गरेका छन् ।
राजनीति, चिकित्सा, भाषा र साहित्यका व्यक्तित्वहरू एकै मञ्चमा उभिएर कविता सुनाउने दुर्लभ दृश्य काठमाडौँमा देखिएको छ। ‘नेपालमण्डल लिट्रेचर कल्चर ट्रष्ट’ ले आयोजना गरेको साहित्यिक कार्यक्रममा पूर्वमन्त्रीदेखि चिकित्सक र भाषा आयोगका सदस्यसम्मले कविता वाचन गर्दै बहुपेशागत सर्जनात्मक एकता प्रस्तुत गरेका छन्।

ट्रष्टले आफ्नो पाँचौं वार्षिक साधारण सभाको अवसर पारेर कविता वाचन कार्यक्रमको आयोजना गरेको हो ।
२०७७ सालमा स्थापना भएको उक्त ट्रष्टले
नेपालमण्डलको सभ्यता, कला र वाङ्मयको संरक्षण तथा संवर्द्धनमा टेवा पुर्याउँदै आएको छ। कार्यक्रममा पूर्वमन्त्री शाक्यले‘अस्तित्वको खोजी’ र ‘प्रेमको दस्तावेज’ शीर्षकका दुई कविता वाचन गरिन् ।
भाषा आयोगका सदस्य सुरेश किरण मानन्धरले ‘देश आज एउटा पासपोर्ट खोजिरहेको छ’ शीर्षकको कविता वाचन गरे । त्यस्तै वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर स्मृति शाक्यले ‘अनित्यताको वोध’ शीर्षकको कविता वाचन गरिन् ।
कार्यक्रममा अञ्जना ताम्राकारले ‘सहिदकी आमाको पुकार’ र रजनी मिलाले ‘एउटा रोमाञ्चक पत्र’ सँगै ‘अस्मिता’ शीर्षकको कविता वाचन गरे । 
ट्रष्टका अध्यक्ष सन्ध्या बज्राचार्यले ‘सकारात्मक सन्देश’ र सञ्जित महर्जनले ‘प्रिय’ कविता सुनाए ।