प्रतिभा युवा परिवार मेनपा-८ को `प्रतिभा साँझ -२कार्यक्रम´ सम्पन्न

दिलिप घिमिरे · वैशाख १४, २०८२ ९:५१ PM
Cover Image for News

बैशाख १४ गते/प्रतिभा युवा परिवार मेची नगरपालिका-८ को आयोजनामा प्रतिभा साँझ -२ कार्यक्रम शनिबार सम्पन्न गरिएको छ। 

प्रतिभा साँझ कार्यक्रम मेनपा उपप्रमुख मिना पोखरेल उप्रेतीको प्रमुख आतिथ्यमा ग्रिन भ्याली रेष्टुरेन्ट जोरसिमलमा आयोजना गरिएको थियो। 

समाज परिवर्तनमा प्रतिभा युवा परिवारले निरन्तर साहित्यिक,सामाजिक र संस्कृतिक कार्यक्रमहरु गरिएको छ जुन प्रसंशा योग्य कार्य हो।भौतिक तथा  पूर्वाधार विकाससँगसँगै चेतनाको विकास पनि अत्यावश्यक रहेको उपप्रमुख उप्रेतीको भनाइ थियो । 

प्रतिभा युवा परिवारका अध्यक्ष राजु गौतमको अध्यक्षता भएको कार्यक्रममा मेनपा-५ र ७ का विशिष्ट अतिथि  वडा अध्यक्षद्वय कनकबहादुर कार्की र प्रल्लादमणि ओलीले शुभकामना मन्तव्य राखेका थिए। 

कार्यक्रममा मेनपा प्रमुख प्रशासकीय अधिकृत अग्नीप्रसाद अधिकारी र मेनपा सामुदायिक शाखा प्रमुख अनन्तप्रकाश वस्तीको विशेष आतिथ्य रहेको थियोे । 

प्रतिभा युवा परिवार मेनपा-८ २०६३ सालमा स्थापना  भएपनि २०६६ सालबाट भने झापा जिल्लामा दर्ता नं.१९९८/०६६/६७मा दर्ता भइ विधिवत रुपमा स्थापित संस्था रहेको साथै  यस संस्थाले हरेक बर्ष यस्तै समाज रुपान्तरणका निम्ति विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको परिवारका अध्यक्ष राजु गौतमले बताए । 

पहिलो सत्रको औपचारिक कार्यक्रमको सञ्चालन उपाध्यक्ष तथा कार्यक्रम संयोजक सञ्जय थामीले गरेका थिए भने दोस्रो सत्रको प्रतिभा साँझ कार्यक्रम दिलिप घिमिरेले सञ्चालन गरेका थिए।

फोटो
प्रतिभा साँझ कार्यक्रम गजलकार पवन ढुङ्गेलले सातवटा गजल प्रस्तुत गरेका थिए भने मीठो स्वरकी धनी रीता पोखरेलले गद्य र पद्म गरि सातवटा कविता वाचन गरेकी थिइन् ।त्यस्तै गजलकार लिला अनमोल र विवश बलिभद्र कोइरालाले सात/सातवटा गजल प्रस्तुत गरेका थिए ।चारै जना प्रतिभाशाली स्रष्टाहरुको प्रस्तुतिले कार्यक्रम अविस्मरणीय भएको सहभागी दर्शकहरुको भनाइ थियो ।

कार्यक्रममा साहित्यकार अभागी थेगुवा,कवि सेलिङ केसी,तुलसीप्रसाद भट्टराई,दुर्गाप्रसाद सिग्देल,सञ्चारकर्मी देवेन्द्र प्रसाईँ,बन्दना काफ्ले,प्रतिभा युवा परिवारका कोषाध्यक्ष  शेखर पौडेल , सल्लाहकार संयोजक लालबहादुर थामी लगायतको उपस्थिति रहेको थियो।
फोटो
कार्यक्रममा प्रतिभा युवा परिवारकि कार्य समिति सदस्य शिक्षा बाँस्तोलाले स्वागत नृत्य अनि दीपशिखा घिमिरेले नृत्य प्रस्तुत गरेको प्रतिभा साँझ कार्यक्रममा स्थानीय उदय भण्डारीले कविता वचन र सीता खरेलको गीत प्रस्तुतिले अझ रौनक थपेको थियोे ।

ट्यागहरू:
साहित्य #गीत# गजल
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।