१७औँ राष्ट्रिय बाल नाटक महोत्सवमा नाटक स्क्रिप्ट आह्वान

दिलिप घिमिरे · पौष ११, २०८२ ११:१० PM
Cover Image for News

झापा /शैली थिएटरको आयोजना र ओजस थियटरको सहकार्यमा १७औँ  राष्ट्रिय बाल नाटक महोत्सव हुने भएको छ । महोत्सवमा सहभागिताका लागि इच्छुक व्यक्ति, सङ्घ, संस्था, नाट्य समूह, विद्यालय लगायतलाई नाटकको स्क्रिप्ट दर्ताका लागि आह्वान गरिएको छ । 

महोत्सवका निर्देशक नवराज बुढाथोकीका अनुसार नाटकको स्क्रिप्ट रूसी सदन कमलपोखरी र रातोपुलस्थित शैली थिएटर तथा ओजस थिएटरमा वा इमेलमार्फत यही पुस २० गतेसम्म बुझाइसक्नु पर्नेछ ।
 शैली थिएटरका अनुसार महोत्सवका लागि छनोट भएका स्क्रिप्ट यही पुस २५ गते सार्वजनिक गरिनेछ । महोत्सव कमलपोखरीस्थित रुसी सदनमा सञ्चालन हुनेछ ।
 नाटक ३० मिनेटदेखि बढीमा ७० मिनेटसम्मको हुनुपर्ने र मञ्चनमा पर्दा अगाडि र पर्दा पछाडि गरी बढीमा १५ जनासम्मको समूह सहभागी हुन पाइने जनाइएको छ । महोत्सवमा उत्कृष्ट नाटकलाई अवार्ड, प्रमाणपत्रसहित नगद पुरस्कारको समेत व्यवस्था गरिएको आयोजकको भनाइ छ ।

ट्यागहरू:
#नाटक #कला#
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।