नेपाली शिक्षा परिषद् मा कवि गोष्ठी
मङ्सिर २६/ नेपाली शिक्षा परिषद्को अमृत वर्ष महोत्सवका अवसरमा आज कविगोष्ठीको आयोजना गरियो ।
परिषद्का अध्यक्ष रमा शर्माको अध्यक्षता र सदस्य दिव्यचन्द्र आचार्यले सहजीकरण गर्नुभएको कार्यक्रममा प्रमुख आमन्त्रित -प्रा. डा. जगत् प्रसाद उपाध्याय प्रेक्षित हुनुहुन्थ्यो । वाग्मती प्रदेशका माननीय सदस्य पूर्व पर्यटन मन्त्री दिपेन्द्र श्रेष्ठ,छन्दसारथि रमेश खकुरेल र मुकुन्द शर्मा चालिसे विशेष आमन्त्रित हुनुहुन्थ्यो ।
राष्ट्रगानका साथ आरम्भ भएको सभालाई कोषाध्यक्ष शङ्कर पाण्डेले स्वागत गर्नुभयो । यो संस्थालाई जीवन्त राख्न युवा पुस्ताले पालो लिनुपर्ने बताउनुभयो ।
वाग्मती प्रदेशका विधायक दिपेन्द्र श्रेष्ठले शुभकामना मन्तव्यमा परिषद्लाई केही आर्थिक सहयोगका लागि प्रयास गर्दै रहेको बताउनुभयो ।
प्रमुख आमन्त्रित प्रा.डा जगत् प्रसाद उपाध्याय प्रेक्षितले कीर्तिशेष गोपाल पाण्डे असीमको भाषा ,साहित्य सेवाको प्रशंसा गर्दै नेपाली शिक्षा परिषद्को अमृत वर्षसम्म ल्याएर जोड्नुभयो र मन्तव्यको समापनमा" कर्तव्य "शीर्षकको कविता उपजाति छन्दमा सुनाउनुभयो ।
वाचन कार्यक्रमको समापनमा वाचनमा सहभागी कविगणलाई प्रशंसापत्र प्रदान गरिएको थियो ।
छन्दसारथि रमेश खकुरेलबाट अमृत वर्ष महोत्सवलाई सम्बोधन गर्दै शुभकामना कविता" वृद्धि होस् नित्य हर्ष" स्रग्धरामा प्रस्तुत गर्नुभयो ।यस क्रममा-जीवन अधिकारी " आलोचना "भुजङ्गप्रयातमा,उत्तम विचार भटवाल-"गर्दैछु विज्ञापन"शार्दूलविक्रीडित,रामचन्द्र घिमिरे - " गृहस्थगीता"उपजातिमा,प्रभा भट्टराई आचार्य-"शिक्षाचिन्तन"इन्द्रवज्रा,उपजाति,राधिका पन्त -" मिसेस मेडम र सर( गद्यकविता ),
कल्पना अधिकारी -"मोक्षका तर्फ लाग"मन्दाक्रान्ताम,रामचन्द्र न्यौपाने"सन्तकवि"-"प्रतिप्रश्न"शार्दूलविक्रीडित,खगेन्द्र खोल्साघरे-"असीम"पञ्चचामर र मालिनीमा,गीता कार्की-" मुटु हराएकोसूचना" गद्यकविता,बद्री पोख्रेल-" निराशा"भुजङ्गप्रयात,रूपक अलङ्कार-" उद्बोधन" पञ्चचामर,जगदीश्वर पोख्रेल-"प्रलोभ" पञ्चचामर,कोषराज न्यौपाने-" लाग सद्बुद्धिमा अब" अनुष्टुप् मा,त्रिभुवनचन्द्र वाग्ले-"परपीडाको रमाइलो " गद्यकविता,भुवनहरि सिग्देल -" लोकतन्त्र के तँलाई सञ्चै छ?" शार्दूलविक्रीडित,निर्मलरमण पराजुली -"बुद्ध बुद्धत्व र शान्ति "गद्यकविता,चन्द्रवदना घिमिरे -" प्राकृतिक .."शार्दूलविक्रीडितमा,ज्ञाननिष्ठ ज्ञवालीबाट शिवगोपाल रिसालको शुभकामना कविता वाचन,मुकुन्द शर्मा चालिसे- शुभकामना कविता,वसन्ततिलकामा,पुरुषोत्तम सिग्देलको शुभकामना कविता दिव्यचन्द्रबाट वाचन,उपजातिमा,बमबहादुर थापा जितालीबाट-"नेपाली शिक्षा परिषद्को अमृत वर्ष" लोकलयमा शुभकामना कविता, दिव्यचन्द्र आचार्य - .. पृथ्वी छन्दमा-यसरी कविताहरू प्रस्तुत गरिएको साहित्यकार खोलाघरे साहिँलोले जानकारी दिनुभएको छ।