मनदेखि मनसम्म कार्यक्रम ११ अक्टोबरमा आयोजना हुने

दिलिप घिमिरे · असोज ११, २०८२ ७:०१ PM
Cover Image for News

अमेरिकामा सन् २०२५को जनवरीदेखि सुरु भएर श्रृंखलाबद्धरुपमा सञ्चालन हुँदै आएको साहित्यिक तथा साँस्कृतिक कार्यक्रम मनदेखि मनसम्म (spoken word poetry night)  यसपटक आगामी अक्टोबर ११ तारिकका दिन सम्पन्न हुने भएको छ । 

स्थानीय इच्छुक  ब्यक्ति तथा संस्थाहरुले आयोजना गर्दै आएको कार्यक्रमको यो शृङ्खला भने जिबिएलओले आयोजना गर्ने भएको छ । सो कार्यक्रमले अमेरिकामा भएका नेपालीहरुको मन जित्दै आएको छ भने विश्वका नेपाली भाषा र साहित्य मन पराउनेहरुको मनलाई समेत आकर्षित गरिरहेको छ ।

 अमेरिकाका विभिन्न शहरहरुमा सम्पन्न  हुँदै आएको यो  कार्यक्रम  यस  पटक  भने सिन्सिनाटीको विशेष निमन्त्रणामा जोयस् पार्क ईभेन्ट सेन्टर सिन्सिनाटी ओहायोमा सम्पन्न हुने भएको छ । 

  कार्यक्रममा स्थानीय कवि कलाकार तथा गायक गायिकाहरुको उपस्थितिमा गजल, कविता, गीत तथा विभिन्न कला प्रस्तुत गरिँदै आएको छ ।

कार्यक्रम युवा लक्षित भएको हुँदा यस पटक  स्थानीय युवा प्रतिभाहरुको बाक्लो उपस्थिति हुने हुँदा यो श्रृंखला अझ विशेष रहने कुराको जानकारी  जिबिएलओका अध्यक्ष पातलो अन्तरेले दिनुभएको छ । 

ट्यागहरू:
विश्व साहित्य
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू