मनोहरा साहित्य समाजको ९४अ‍ौं शृङ्खला सम्पन्न

दिलिप घिमिरे · कार्तिक १०, २०८१ ८:३१ PM
Cover Image for News

१०गते कार्तिक /आज मनोहरा साहित्य समाजको ९४अ‍ौं शृङ्खला साहित्यिक कार्यक्रम गरि सम्पन्न गरिएको छ ।
 संस्थाका अध्यक्ष डिल्लीराज अर्यालको सभानायकत्व र लेखनाथ पुस्तकालय चन्द्रगढी झापाका अध्यक्ष मुक्तककार,व्यंय साहित्यकार कृष्ण सुवेदी निराकारको प्रमुख आमन्त्रितत्वमा ग्लोबल पब्लिक स्कूलको सभाहलमा सम्पन्न यो कार्यक्रमको सञ्चालन संस्था का कोषाध्यक्ष खोलाघरे साहिंलाले गर्नुभएको थियो । विशेष आमन्त्रितमा प्रतीक ढकाल,गोविन्द घिमिरे वेदमणि हुनुहुन्थ्यो ।


 आज महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६अ‍ौं जन्म जयन्तीलाई पनि यसै कार्यक्रमा सम्बोधन गर्दै देवकोटासम्बन्धी कविता र विचार व्यक्त गर्दै नजिकिँदै गरेको  तिहार नेपाल सम्वत् तथा छठ पर्वका बारेमा पनि विभिन्न वक्ताहरूले शुभकामना व्यक्त गर्नुभएको थियो ।


  संस्थाका अध्यक्ष डिल्लीराज अर्यालबाट स्वागत मन्तव्यका साथै रचनावाचन र देवकोटाको संक्षिप्त परिचयका साथ शुभारम्भ भएपछि भावकेशर बराल,सञ्जय सोती,एम् पी पाण्डे ,भावना न्यौपाने, नूरदेव खनाल,सम्पत् काफ्ले ,गोविन्द घिमिरे वेदमणि,ओमप्रकाश आचार्य ,डा. टी पी बराकोटी, अशोककुमार लामिछाने ,अर्पण अर्याल ,रत्ननिधि रेग्मी ,उत्तम भट्टराई ,विजया बस्नेत,राजेन्द्रकुमार वज्राचार्य ,प्रतीक ढकाल,चन्द्र आन्छन् मनिष हेल्लोङ,डी बी पालुङ्वाहरूले मीठामीठा कविता,गीत,गजल र मुक्तकहरू वाचन गरेर कार्यक्रमलाई रोचक बनाउनुभयो ।

प्रमुख आमन्त्रित कृष्ण सुवेदी निराकारले लेखनाथ पुस्तकालय चन्द्रगढीको परिचय,क्रियाकलाप र आजको कार्यक्रमको संक्षिप्त समीक्षा गर्दै आफू अत्यन्तै खुशी भएको गहन मन्तव्य दिएर एउटा चोटिलो मुक्तक सुनाउनुभयो  ।
 कपिल अर्याल,चिरञ्जीवी रेग्मी ,भावरञ्जन बराल,वसुन्धरा चौहान,गङ्गा चौहान,जमुना चौहान,बाबुकाजी कार्की, सन्तोषकुमार लामिछाने लगायतको कार्यक्रममा उपस्थिति रहेको थियोे ।

ट्यागहरू:
साहित्य
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
गुरुप्रसाद मैनालीको कथा ‘कर्तव्य’ प्रदर्शनी
गुरुप्रसाद मैनालीको कथा ‘कर्तव्य’ प्रदर्शनी
खगिन्द्रा खुसी - बिहिबार २७ नोभेम्बर २०२५
‘अदृश्य आँसु’ सार्वजनिक
‘अदृश्य आँसु’ सार्वजनिक
खगिन्द्रा खुसी - बिहिबार २७ नोभेम्बर २०२५
अभागी थेगुवा विराटचाेकमा सम्मानित
अभागी थेगुवा विराटचाेकमा सम्मानित
दिलिप घिमिरे - आइतबार २३ नोभेम्बर २०२५